Techie IT
Sunday, June 15, 2025 | आईतबार, असार १, २०८२
२०८२ असार १, आईतबार
swarnapatra logo
गृहपृष्ठविचार/साहित्यअखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल

अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल


एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन आज काठमाण्डौको कीर्तिपुरमा सु्‌रु हुदैछ । अधिवेशन पार्टि अध्यक्ष एबम् प्रम केपी ओलीले उद्घाटन गर्नेछन् ।

अखिलमा पार्टीले ३२ वर्षको उमेरहदको रेखा लगाइदिएपछि अहिले माहोल एक्कासी तातेको छ । अखिलको हिजो बसेको १८ औं सचिवालयको बैठकले ९ सदस्यीय पदाधिकारी, ५१ सदस्यीय सचिवालय सदस्य, १५१ केन्द्रीय कमिटी हलबाट निर्वाचित हुने र ४ वटा आयोग (अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु) हुने गरी निर्णय गरेको छ ।

३२ वर्ष उमेर हदका कारण वर्तमान अध्यक्ष समिक बडाल, उपाध्यक्षहरु नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी, महासचिव नरेश रोकाय र सचिवहरु सञ्जीव धिताल, दीपेश प्रसाईँ, आशीर्वाद सुवेदी, विनिता काफ्ले, मनोज ताम्ली र कोषाध्यक्ष संगम अर्याल बाहिरिँदै छन् ।

अब पदाधिकारीबाट भावी नेतृत्वका लागि सचिवबाट दीपक धामी, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, सुजन कडरिया मात्र उमेर हदका कारण प्रतिस्पर्धा गर्न पाउँछन् । उनीहरू मध्येबाटै एक जना अखिलमा अध्यक्ष बन्नेछन् । अन्तिमसम्म धामी र पौडेलबिच रस्साकस्सी हुने देखिन्छ ।

अध्यक्षका दौडमा सबैभन्दा सशक्त दावेदार दिपक धामी देखिएका छन् ।

अध्यक्षको आकांक्षी दिपक धामि सुदुरपश्चिमबाट काठमाण्डौमा उच्च शिक्षा हासिल गर्न आएका हुन् । धामिले स्तुपा कलेज बौद्धबाट HA पुरा गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयबाट BPH अध्ययन पुरा गरेका छन् भने अहिले त्रिभुवन विश्वविद्यालय पि.एन क्याम्पसमा LLB अध्ययनरत छन् ।

धामी डोटिको शिखर नपा स्थित सीताराम उच्च मावि कक्षा ८ मा (२०६१) पढ्दा नै अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनिति सुरु गरेका थिए । काठमाण्डौमा आएपछि स्तुपा कलेज बौद्धको क्याम्पस कमिटीमा सदस्य हुँदै दुई कार्यकाल (२०६६ देखि २०६८)अध्यक्ष समेत भएका थिए । त्यसपछि सिटिइभिटि राष्ट्रिय कमिटिको सहसचिव (२०६९), अध्यक्ष (२०७०) भएका थिए ।

स्तुपा कलेजको स्ववियुमा (२०७१) २ पटक सभापति समेत भएका थिए । अनेरास्ववियुको २२ औं महाधिवेशनबाट (२०७२) नबिना लामा अध्यक्ष हुँदा धामी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा कमिटी पर्नगठन हुदाँ स्थायी कमिटी सदस्य भएका थिए । २०७९मा अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए । त्यसबीचमा धामीले डोटी–काठमाण्डौ सम्पर्क मञ्चको सदस्य, सचिव (दुई कार्यकाल) र अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका धामी, नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा (२०७८, चितवन) कान्छा प्रतिनिधिका रूपमा चयन भएका थिए । धामि डोटी जिल्लाबाट प्रतिनिधित्व गरेर चितवन आएका थिए ।

अध्यक्षको आकांक्षी धामि भन्छन् “स्कुलमा पढ्दै गर्दा अनेरास्ववियुको गतिविधि र विद्यार्थीहरुको हक, हित र अधिकारको लागि काम गरेको देखेर नै अनेरास्ववियुमा आवद्ध भएको हुँ । जुन दि देखि अनेरास्ववियुमा आवद्ध भए, सोहि दिन देखिको निरन्तर क्रियाशिलताले गर्दा नै आज यहाँसम्म आइपुगेको छु । साथीहरुको सरसहयोग र साथ पाए भने, संगठनको नेतृत्व गरेर विद्यार्थीहरुको समस्या समाधान गर्न दिलोज्यान दिएर लाग्नेछु ।”

सचिव पदमा कार्यरत रहँदा उनले संगठनको संरचना सुदृढ गर्ने अभियान सञ्चालन, योजना बनाउने र कार्यान्वयन गराउने सम्म, व्यवस्थापन, समन्वय र कार्यकर्ता परिचालनमा कुशल नेतृत्व प्रदर्शन गरेका छन् । गत वर्ष अनेरास्ववियुले गरेको विद्यार्थी महोत्सब २०८१ सफल बनाउन लाग्ने मध्यका एक थिए । जसले डिबेट एण्ड डायलग कार्यक्रमको संयोजन समेत गरेका थिए । विभिन्न पार्टिका शीर्षस्थ नेताहरु, शिक्षाविद, आइटिका जानकार आदि ब्यक्तिहरु ल्याएर सो कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गरेका थिए । जसले गर्दा उनको राजनितिक र सामाजिक हाइट ह्वातै बढेको थियो ।

एमाले महाधिवेशनका सबैभन्दा कान्छा प्रतिनिधि !  

नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा (२०७८, चितवन) कान्छा प्रतिनिधिका रूपमा चयन भएका थिए । धामि डोटी जिल्लाबाट प्रतिनिधित्व गरेर चितवन आएका थिए ।

कसको साथ, कसलाई ?

उपाध्यक्षहरु धर्म गिरि, गोबिन्द गिरि, नारायण घर्ती र मर्यादा बिस्टले त दिपक धामीलाई अघि सारेका छन् । कुसल संगठक, उच्चतम क्षमता र योग्यता हुदाँहुदै पनि उमेरहदको कारण नेतृत्वको दौडबाट बाहिरिन पुगेका केन्द्रीय सचिव सन्जिव धिताल, मनोज ताम्ली, बिनिता काफ्‌ले, आर्शिवाद सुवेदी लगायतले समेत दिपक धामिलाई साथ दिने संकेत गरेका छन् । अखिलका एक स्थायी कमिटी सदस्य नाम नबताउने सर्तमा भन्छन् “नेतृत्व चयनसम्म एकाध पदाधिकारी बाहेक सबै दिपकलाई सहयोग गर्छन होला, त्यहि वातावरण बनिरहेको छ ।”

स्थायी कमिटी सदस्यका अनुसार, अखिल महासचिव “नरेश रोकायाले सुजन कडरियालाई साथ दिएको जस्तो देखाएका छन् । तर उनले अन्तिममा प्रकाश पौडेललाई नै साथ दिन्छन्‌” । सुजन अहिले तनाबमा छन् । उनले यो ३ वर्षको बीचमा अखिलमा लाखौं खर्च गरिसकेका छन् । “नरेशले प्रकाश बाहेक अरुलाइ बोक्ने सकदैनन् । किन भने नरेश र प्रकाश ब्यवसायिक पार्टनर समेत हुन् । कोराना काल अघि नै म्याग्दी कोरोला नामक बस सन्चालन गरेर र अन्य ठाँउमा समेत साझेदारीमा लगानी गरेको कारण उनीहरु बाहिर जे जस्तो देखिए पनि अन्तिममा एकै ठाउमा हुने छन् ।” नरेश निकट स्थायी कमिटी सदस्यले जानकारी दिए । उनीहरु आज देखि होईन बिगत १५ वर्ष भन्दा अघि देखि संगै छन् ।

पदाधिकारी तथा केन्द्रीय समस्यमा को–को छन् त आकांक्षी ?

पदाधिकारीमा सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, विदेश विभाग प्रमुख स्मृति बराल संगठन विभाग प्रमुख आकाश घर्ती मगर, प्रकाश बिस्ट, चक्रवर्ती ल क्याम्पसका विहानी पँगेनी, आर.के. रोमस, युवा इन्जिनियर सुभाष सुवेदी, टपराज ओझा, नितेश लामिछाने, सिद्धान्त भट्ट, सुजिता धिताल, प्रशान्त भण्डारी, गोपाल नेपाल, आरपि यादव, किरण काफ्‌ले, नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष समिर रिजाल, नेपाल कर्मश क्याम्पस स्ववियु अध्यक्ष बिशाल रोकाहा, अस्कल क्याम्पस स्ववियु अध्यक्ष रुद्रहरी पोखरेल, पिएनका स्ववियु अध्यक्ष विष्णु पोखरेल, आर.आर.का नेता, मदन भण्डारी, जन्मराज उपाध्याय, महेन्द्ररत्नका स्ववियु अध्यक्ष ईश्वर थापा, स्मृती अधिकारी, चितवनकी रचना सापकोटा, प्रतिमा क्षेत्री, दाङ इन्चार्ज भीमा डि.सि, रेखा थापा, सुनिता थापा, सुमन घिमिरे, श्रीजा, ढकाल, प्रज्ञा ज्ञावली, शंकरदेवको मुना तिवारी, नेपाल कर्मश क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, मनोज राई, राजेश वली, रोहित बम, प्रेमिका राज्यलक्ष्मी शाही, धर्मशिला रोकाया, रुपा कठायत, अभि मैनाली, अनिल भुसाल आदि लबिङमा लागेको अखिलका एक नेताले जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अखिल अध्यक्षमा सुजन कडरिया नै किन ?

अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै

लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा

नेपालको इतिहास संघर्ष, बलिदान र परिवर्तनको उचाइमा उभिएको छ। २००७ सालमा राणाशासनको अन्त्यसंगै प्रजातन्त्र स्थापनाको थालनी भयो। त्यसपछि २०१५ सालको

हिक्मतलाई हिम्मत दिने मदन

हिक्मतको यात्रा केवल चुनावी राजनीति होइन। उनले सधैँ संगठनलाई विचार र सेवाको संयोजनको रूपमा लिएका छन्। उनी विश्वविद्यालयभित्र भएका असमानता,

मौसमीसँगको अधुरो प्रेम

धनकुटाको चिसो बिहान । म झोला बोकेर बसपार्कमा उभिएको थिएँ, काठमाडौं जानका लागि । मनमा हजारौं विचारहरू वर्षात भइरहेको थियो

भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल

दशौं महाधिवेशनपछिका उनका अस्वाभाविक, उग्र र बजारमुखी अभिव्यक्तिहरु कम्युनिष्ट पार्टीमा त के कुनै सामाजिक कार्यको उपभोक्ता समूहमा पनि सुहाउने किसिमको

सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका…

पत्रकारको संगठनमा हुने दलहरुको निर्वस्त्र नृत्य गलत छ । त्यहीं नृत्य कोरस नाच्न पाउँदा गर्व गर्ने अर्धपत्रकारको मगज पनि गलत

Techie IT