Techie IT
Sunday, July 5, 2026 | आईतबार, असार २१, २०८३
२०८३ असार २१, आईतबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रसरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र एलपी ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता


काठमाडौं । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ।

मंगलबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन्।

सहमतिको १ नम्बर बुँदामा भनिएको छ, ‘मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीलाई जानकारी गराइयो ।’

सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर एक हजार नौ सय १० रुपैयाँबाट बढेर एक हजार नौ सय २२ रूपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

Techie IT