गृहपृष्ठ ∕ ब्रेकिङ ∕ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य स्वर्णपत्र मंगलबार, २०८२ मंसीर २ गते, १३:५७ मा प्रकाशित ब्रेकिङ काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो । ओपनर प्रियांक ब्याटिङ चितवनका बलरसामु हाबी भएका थिए । उनले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९० रन जोडे । खेल १५ ओभर ४ बलमा पुग्दा उनलाई चितवनका रवि भोपराले क्याच आउट गराए । कर्णालीका ओपरनद्वय प्रियांक र म्याक्स ओडाउडले ६१ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा म्याक्स आउट भएका हुन् । ३० बल खर्चेर २० रन जोडेका उनलाई चितवनका सैफ जैबले नवौ ओभरको पाँचौ बलमा आउट गरे । #नेपाल प्रिमियर लिग तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ३ कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ ४ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ५ कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ ६ लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत ७ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग ८ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी