Techie IT
Saturday, May 10, 2025 | शुक्रबार, वैशाख २७, २०८२
२०८२ वैशाख २७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकर्णाली सरकारमा सहभागिताबारे कांग्रेस अझै अलमलमा

कर्णाली सरकारमा सहभागिताबारे कांग्रेस अझै अलमलमा

मन्त्री बन्न शक्तिकेन्द्र धाउँदै नेताहरु


सुर्खेत । कर्णाली प्रदेश सरकारमा कहिले र कसरी सहभागि हुने भन्नेमा नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेश अलमलमा परिरहेको छ ।

केन्द्रमा नेपाली कांग्रेस र एमालेको सरकार बनेसँगै त्यहीं गठबन्धनको ‘साईड इफेक्ट’अन्तर्गत कर्णालीमा पनि सत्ता फेरबदल भइसक्नुपर्ने अवस्था थियो । तरकर्णाली प्रदेश सरकारको नेतृत्व हाल नेकपा एमालेले गरेको छ । केन्द्रमा भएको भनिएको काँग्रेस–एमाले सहमति सार्वजनिक नहुँदा कर्णालीमा यामलाल कंडेलले नै निरन्तरता पाउँछन् वा काँग्रेस नेतृत्वमा सरकार बन्छ भन्नेमा समेत अलमल देखिएको छ ।

तर, विभिन्न सूचनामा भने एमालेकै भागवण्डामा कर्णाली पर्ने सार्वजनिक भएसँगै माओवादीबाट कर्णाली सरकारमा सहभागी मन्त्रीहरु राजीनामा दिने ‘मुड’मा छन् । माओवादी मन्त्रीले राजीनामा दिएमा संघीयता स्थापना भएपछि पहिलोपटक प्रतिपक्षी दलका रुपमा कर्णाली प्रदेश सभामा उपस्थित हुनेछ ।

पहिलो कार्यकालमा नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाहीले सुरुमा तत्कालीन एमालेसँग सत्तासाझेदारी गरेका थिए भने त्यसपछि सदनमा भएको फ्लोरक्रससँगै नेपाली काँग्रेससँग सत्ता साझेदारी गरेका थिए ।

सोही कार्यकालमा जम्मा ६ सिट भएको नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बने । उक्त सरकारमा समेत माओवादी सहभागी बन्यो, उतिबेला माओवादीका ११ जना नै मुख्यमन्त्रीदेखि मन्त्रीसमेत बनेका थिए ।

दोस्रो कार्यकालमा माओवादी नेता राजकुमार शर्मा सुरुमा एमालेको सर्मथनमा मुख्यमन्त्री बने । केन्द्रमा भएको सत्ता गठबन्धनका कारण त्यसपछि फेरि काँग्रेससँग सत्ता सहकार्य गर्न भ्याए ।

फेरि केन्द्रमा एमाले माओवादीको गठबन्धन हुँदा नेकपा एमालेका नेता यामलाल कंडेल मुख्यमन्त्री बने । मुख्यमन्त्री कंडेलको नेतृत्वमा अहिले माओवादीबाट चार मन्त्री सरकारमा सहभागी छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत, उर्जा मन्त्री रणसिंह परियार र सामाजिकविकास मन्त्रीमा वीरबहादुर शाही रहेका छन् ।

माओवादी मन्त्रीहरुले राजीनामा दिने भनेर तयारी भएको भएपनि मुख्यमन्त्री कंडेलले राजीनामा दिनेबारेमा हालसम्म माओवादी मन्त्रीलाई निर्देशन भने दिएका छैनन् ।

उनले माओवादी मन्त्रीलाई मात्रै होइन, काँग्रेसलाई सरकारमा सहभागी हुने बारेमा समेत कुनै छलफल गरेका छैनन ।

‘हामीलाई सरकारमा सहभागी हुनेबारेमा हालसम्म कुनै निर्देशन केन्द्रबाट आएको छैन । हालसम्म हामी प्रमुख प्रतिपक्षीमै छौं’, काँग्रेसका प्रमूख सचेतक हिक्मत विष्ट भन्छन्, ‘केन्द्र तहमा छलफल भएको भए थाहा भएन । हाम्रो तहमा हालसम्म कुनैपनि छलफल, सरसल्लाह भएको छैन ।’

उता, नेपाली काँग्रेस संस्थापन समूहभित्र मन्त्री बन्न लुछाचुंडि भइरहेको पाइएको छ ।

कर्णालीमा काँग्रेसको संस्थापनइतर समूहमा कृष्ण विसि र सुरेश अधिकारी मात्रै छन् । संस्थापन समूहमा भने १३ जना रहेका छन् । तीमध्ये अधिकांश सांसदहरु अहिले मन्त्रीलाई बधाई दिने बहानामा मन्त्री पद ‘माग्न’ मन्त्रीका निवासदेखि मन्त्रालयसम्मै धाइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुलमान भन्छन्- मलाई हटाउनुमा प्रधानमन्त्रीको हात छैन, कांग्रेसले अनावश्यक दबाब…

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङले आफूलाई हटाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात नरहेको बताएका छन्

प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ?

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेको विषयमा अनेक तथ्यहरु सार्वजनिक भइरहेका छन् । तथ्यअनुसार उनी शुक्रबार

भारत–पाकिस्तान द्वन्द्वका कारण अनिश्चित कालका लागि स्थगित भयो आईपीएल

काठमाडाैं । भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८ औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड९बीसीसीआई० ले पछिल्लो

एकैठाउँ आए राजावादी, गणतन्त्र दिवसकै दिनदेखि ‘जनआन्दोलन’को घोषणा

काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवसकै दिन पारेर जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन

गभर्नर नियुक्ति विवादले धरमरायो सरकार

गभर्नर नियुक्ति विवादले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यतिसम्म कि यहीं विवादका कारण सरकार नै धरमराएको विश्लेषण हुन

आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण

काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि

Techie IT