काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा महासचिव पदको उम्मेदवार बनेका छन।
२०५५ सालदेखि निरन्तर कलाकारितामा सक्रिय बुर्लाकोटीले आफन्त ,गोर्खाली, सुरक्षा ,देवयानी, बिदाइ, जनयुद्ध, नयाँ नेपाल, रिया, बुलेटलगायत डेढदर्जन बढी चलचित्रमा सक्रिय अभिनय गरिसकेका छन।
उनले चलचित्र कलाकार संघमा दुई कार्यकाल कार्यसमिति सदस्य र केन्द्रीय सचिव भएर काम गरिसकेका छन भने कोबिड महामारीको समयमा कलाकर्मीको सेवामा अहोरात्र खटिएका बुर्लाकोटीलाइ संघ भित्रको क्रियाशील पात्रको रुपमा समेत लिने गरिन्छ।
चलचित्र कलाकार संघको भवन निर्माणमा समेत सक्रिय भूमिका खेलेका बुर्लाकोटी भन्छन्, ‘दुई कार्यकालको अनुभवलाई अझै तिखारेर कलाकारहरुको हक हित र विकासका खातिर मेरो महासचिवमा उम्मेदवारी हो।’
कलाकार संघको चुनाव यही जेष्ठ ३ गते हुँदैछ जसमा अध्यक्षमा २, उपाध्यक्षमा ६ ,महासचिवमा २, सचिवमा २, कोषाध्यक्षमा ३, सहकोषाध्यक्षमा २ र सदस्यहरुमा दुवै प्यानल गरेर २८ जनाको उम्मेदवारी परेको छ।