Techie IT
Monday, July 20, 2026 | आईतबार, साउन ३, २०८३
२०८३ साउन ३, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रहनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार

हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार

संघीय सरकारको निर्णय स्थानीय सरकारले नै गरे अवज्ञा


काठमाडाैं । जनताले अतिविश्वास गरेको वर्तमान बालेन नेतृत्वको सरकार पनि असफलताको बाटोतिर मोडिएको टिप्पणी हुन थालेको छ । दुईतिहाई बहुमतप्राप्त नयाँ दलको सरकारले हनिमुन पिरियड पार नगर्दै असफलताको टिप्पणी सहनु परेको हो ।

खासगरी मन्त्रिपरिषदले गरेका एकपछि अर्को निर्णय गलत सावित हुँदै जानुले सरकार असफलताको बाटोतिर लम्किएको टिप्पणी भएको हो । हाई प्रोफाइल नेताको पक्राउदेखि ब्रिज कोर्स खारेज गर्नसम्मका आलोकाँचो निर्णय गरेको सरकारलाई पछिल्लो समय वैशाख २१ गतेदेखि मात्रै नयाँ शैक्षिक सत्र सुरु गराउने निर्णय कार्यान्वयन गराउन हम्मेहम्मे पर्ने देखिएको छ । खासगरी स्थानीय तलले संघीय सरकारका उक्त निर्णयको ठाडै उल्लंघन गरेका छन् ।

र, पुरानै क्यालेन्डरअनसार विद्यालय सञ्चालन गर्न पत्रकार गरिसकेका छन् । स्थानीय तहको पत्रअनुसार अधिकांश विद्यालयले बुधबारदेखि विद्यालय सञ्चालन गर्दैछन् । यसले संघीय सरकारमाथि नैतिक प्रश्न उठेको छ । खासमा सरकारले पनि किन विद्यालय ढिला सञ्चालन गर्नुपर्ने हो भनेर कुनै पनि कारण खुलाएको छैन ।

त्यसैगरी आइतबार र शनिबार सार्वजनिक बिदा दिनुको औचित्य पुष्टि गर्न पनि सरकारलाई हम्मेहम्मे परिरहेको छ । यसरी सरकारले मनलाग्दी निर्णय र उक्त निर्णय कार्यान्वयन नहुने सँस्कार मौलाउँदा सरकारमाथि नै प्रश्न उठ्ने निश्चित छ । यसैगरी अपरिपक्व निर्णय हुँदै जाने र निर्णय अरुले नमान्दै जाने हो भने सरकार असफल हुन धेरै समय लाग्दैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

Techie IT