Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमहाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना

महाधिवेशनको तयारीमा जुट्यो रास्वपा, सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना

महामन्त्रीमा भूपदेवको चर्चा


काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको दल रास्वपाले भदौ २१ गतेभित्र सम्पन्न हुनेगरी महाधिवेशनको तयारी थालेको छ । रास्वपाले वडा, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीसँगै महाधिवेशन प्रतिनिधि पनि यसबीचमा योजना बनाएको छ ।

स्थापनाको पहिलो वर्षदेखि नै रास्वपाले महाधिवेशनको तयारी गरिरहेको थियो । तर विविध आन्तरिक कारण महाधिवेशन धकेलिँदै आएको छ । यसअघि पछिल्लो पटक फागुन ७, ८, ९ गतेलाई महाधिवेशनको मिति तोकिएको थियो ।

तर फागुन २१ गते चुनाव हुने भएपछि पुसमा बसेको बैठकले महाधिवेशनको मिति संशोधन गर्दै निर्वाचन सकिएको ६ महिनाभित्र गरिसक्ने निर्णय गरेको थियो । अब भदौमा हुने महाधिवेशनले पार्टीको नेतृत्वमा कसलाई चुन्छ भन्ने कुरालाई धेरै चासोपूर्वक हेरिएको छ । पार्टीमा बालेन शाहको प्रवेशका कारण लफडा हुनसक्ने धेरैको अनुमान छ ।

अहिलेकै अवस्थामा पार्टी सभापति रवि लामिछाने नै फेरि नेतृत्वमा दोहोरिने सम्भावना छ । तर उनी विभिन्न मुद्दामा जेलिएका कारण उनको विकल्प खोज्नुपर्ने आवाज पनि उठ्न थालेको छ । यससँगै रास्वपा महामन्त्री बालेन समूहका भूपदेव शाहको चर्चा व्यापक छ । प्रतिनिधिसभा सदस्य चुनाव हारेका भूपदेवलाई बालेनले नै पार्टीको महामन्त्री बनाउन चाहेको चर्चा छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT