Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रबजारमा आयो ‘कलेजी खाइ झानो’

बजारमा आयो ‘कलेजी खाइ झानो’


काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट र लक्ष्मी नेपालीको स्वरमा सजिएकाे गीतमा महादेव भट्टको शब्द तथा सङ्गीत छ । मा तयार भएको यो गीत MH Movies तथा Harish mahara को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

दीपक संगम बीसीको सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीत मधुमाला डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। देउडा संस्कृतिको मिठास बोकेको यस गीतले गाउँघरको परिवेश, प्रेम र भावनात्मक सम्बन्धलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ।

प्रकाश भट्टको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा महेश महराको छायाङ्कन र लोकेश भाटको सम्पादन रहेको छ। भिडियोमा चर्चित कलाकार चेतना काफ्ले र जोन बमको अभिनय देख्न सकिन्छ, जसले कथावस्तुलाई अझ जीवन्त बनाएको छ।

वर्ल्ड कभर मिडिया प्रा।लि।को पोस्ट–प्रोडक्सनमा निर्माण गरिएको यस भिडियोले देउडा गीतप्रेमी दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ। मौलिक संस्कृतिलाई आधुनिक प्रस्तुतीकरणसँग जोडिएको ‘कलेजी खाइ झानो’ ले नेपाली लोकसङ्गीतमा नयाँ स्वाद थप्ने विश्वास लिइएको छ।

साथै, यस गीतमा नारी सौन्दर्यको भित्री मन र मुटुदेखि गरिएको सजीव वर्णनले दर्शक–श्रोताको मनमा गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’…

काठमाडौं । ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको

Techie IT