Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रअंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी


काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको संयुक्त आयोजनामा ४ दिने विशेष निःशुल्क वेबिनार ‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ अभियान सञ्चालन भएको छ । चैत्र ७ गतेदेखि सुरु भएको वेबिनार चार दिनसम्म अर्थात मंगलबारसम्म सञ्चालन हुनेछ ।

मुख्य प्रशिक्षक, चर्चित एनर्जी आर्किटेक्ट, वास्तुविद् एवं ज्योतिषाचार्य ध्रुवराज कौण्डिन्य पराजुलीद्वारा सञ्चालन गरिने यस अनलाइन सत्रमा मानव जीवन र बसोबास गर्ने स्थानको ऊर्जा सन्तुलनका विषयमा गहन वैज्ञानिक र आध्यात्मिक प्रशिक्षण प्रदान भइरहेको छ । विगत ७ वर्षदेखि हिमालयन वैदिक सनातन धर्म, ऋषि परम्परा र तन्त्रमा अनुसन्धानरत पराजुलीले यस कार्यक्रम मार्फत ‘ध्रुव कन्ससनेस फ्रेमवर्क’ का मुख्य सूत्रहरू प्रस्तुत गरेका छन् ।

चार दिने कार्यक्रमको पहिलो दिन पहिलो दिन अङ्कहरूको रहस्यमय शक्ति र भाग्य उदयमा अङ्क ऊर्जाको प्रभावबारे प्रशिक्षण प्रदान गरिएको थियो भने दोस्रो दिन घरको वास्तु ऊर्जा, पञ्चतत्वको सन्तुलन र पञ्चतत्व मिलाउने व्यावहारिक विधिहरू सिकाइएको थियो।

त्यस्तै तेस्रो दिन ज्योतिष शास्त्रका वैज्ञानिक सूत्रहरू, जीवनका ३ मुख्य ऋण र तिनको सरल आध्यात्मिक उपायबारे प्रशिक्षण दिइएको थियो । र, चौथो दिन वास्तुका ४५ देवताहरूको ‘सूक्ष्म ऊर्जा’ विश्लेषण, जागरण र ऊर्जा आर्किटेक्चरको महत्त्वबारे बुझाइने वेबिनारका मुख्य प्रशिक्षक पराजुलीले जानकारी दिए ।

आध्यात्मिक शान्ति र वैज्ञानिक दृष्टिकोणबाट आफ्नो जीवनको ऊर्जालाई रूपान्तरण गर्न चाहने जो कोही यस वेबिनारामा सहभागी हुन पाएका थिए ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’…

काठमाडौं । ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको

Techie IT