Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनको व्यवहारले अर्गानिक रास्वापा तनावमा

बालेनको व्यवहारले अर्गानिक रास्वापा तनावमा

बालेनको गल्तीको भारी पार्टीले नबोक्ने


काठमाडौं । विवादास्पद व्यापारी मालपानीको गाडी चढेको विषय होस् या फेसबुकबाट मनलाग्दी सत्तोसराप गरेको विषय नै किन नहोस् । वा, प्रश्नबाट भाग्ने मामिला होस् । अनेक कारण रास्वपाका वरिष्ठ नेता एवम् झापा– ५ का उम्मेदवार बालेन साह झनपछि छन विवादित बनिरहेका छन् ।

खासगरी बालेनको प्रवृत्तिका रास्वपाकै नेताहरु असन्तुष्ट हुन थालेका छन् । रास्वपामा बालेन इन्ट्रीलाई नै नरुचाएका कतिपय कार्यकर्ताले त खुलेरै बालेनको आलोचना गर्न थालेका छन् ।

अझ पछिल्लो समय चुनाव प्रचारका क्रममा विवादास्पद व्यापारी मालपानीको गाडी चढेको विषयमा त रास्वपाका जिम्मेवार नेताहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् । रास्वपा प्रवक्ता मनिष झाले एउटा अन्तरवार्तामै भनेका छन् कि ‘बालेनले त्यसरी चुनाव प्रचारमा व्यापारीको गाडी प्रयोग गर्नु गलत हो, उनले गरेका सबै गल्तीको हामी जिम्मा लिन सक्दैनौं ।’ झाको यो भनाइले प्रष्ट पार्छ कि रास्वपाभित्र बालेनको व्यवहारलाई सहजै पचाइएको छैन ।

यससँगै बालेनका अन्य व्यवहार पनि त्यस्तै छ । उम्मेदवारी दर्ता गर्न झापा गएर र पूर्वका विभिन्न जिल्ला घुमेर काठमाडौं फर्केका बालेन रास्वपाको कार्यालयमै नगइ पश्चिमतिर लागेका छन् । यसले बालेन राम्रोसँग रास्वपाभित्र अन्तरघूलन हुन नसकेको प्रष्ट पार्छ ।

हुन पनि हो, हिजो अन्तयन्त विषय परिस्थितिमा पनि पार्टीमा लागेर दुख गरेका मान्छेहरुभन्दा रातरात आएका मान्छेहरु हिरो हुन थालेपछि रास्वपाका पुराना र अर्गानिक कार्यकर्ता रुष्ट भएका छन् । कतिपयलाई त बालेनकै कारण पार्टी सभापति रवि लामिछाने ओझेल परेको बुझाइ पनि छ । र, धेरैले सहजै अनुमान गर्छन् कि, रवि–बालेनको एकता लामो समय टिक्दैन ।

हुन पनि हो, अतिमहत्वाकांक्षी दुई नेताको स्वभावदेखि विचारसम्ममा बेमेल छ । रवि अत्यन्तै बहिर्मुखी स्वभावका छन् भने बालेन रहस्यमयी र अन्तरमुखी स्वभावका छन् । यसले पनि उनीहरुको एकता नटिक्ने निश्चित छ । जे होस्, बालेनको इन्ट्रले ढिलोचाँडो रास्वपामा गम्भीर पहिरो जाने सम्भावना प्रबल छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT