Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमुकुलको बर्बराहटले उतारेको रविको मुकुण्डो (भिडिओसहित)

मुकुलको बर्बराहटले उतारेको रविको मुकुण्डो (भिडिओसहित)


काठमाडौं । रास्वपा महामन्त्रीबाट निकालिएपछि मुकुल ढकाल नराम्ररी रन्थनिएका छन् । उनका अभिव्यक्तिहरु ‘बेसुरे पो हुन् कि’ जस्ता सुनिन्छन् । जब अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीले महामन्त्रीसँगै प्रवक्ताको जिम्मेवारीबाट हटायो, तब उनले प्रेसमिट गरेर ‘रवि लामिछानेको क्लब’बाट निकालिए पनि ‘घण्टी बजाउन नछाड्ने’ प्रतिक्रिया दिए ।

रविभक्तबाहेक अरुले उनको उक्त प्रतिक्रियाको प्रशंसा नै गरेका थिए । धेरैले भनेका थिए– मुकुल त नराम्ररी पेलानमा परेका रहेछन् र पो त्यस्तो प्रतिवेदन दिएका रहेछन् ।

रविसँगै रास्वपाविरोधीहरुको सेन्टिमेन्ट क्याच गरिरहेकै बेला उनले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिए । जहाँ उनले पार्टी सभापति लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग प्रधानमन्त्रीका लागि बार्गेनिङ गरेको खुलासा गरे । पार्टी सभापति लामिछानेले गृहमन्त्री भइसकेपछि प्रधानमन्त्रीका लागि राजदूतसँग याचना गरेको मात्रै होइन, प्रधानमन्त्री बनाइदिए नेपाललाई भुटानीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको मुकुलको आरोप छ ।

मुकुलले लगाएको उक्त आरोप चानचुनेखाले होइन । यतिसम्म कि, आरोप अतिगम्भीर भएकै कारण रविविरोधीहरुले पनि मुकुलको कुरा पत्याएनन् । धेरैको एउटै प्रश्न थियो– यदि यति गम्भीर कुरा थाहा थियो भने पहिला किन नभनेको ?

मुकुलको उक्त आरोपबारे अनेक क्रिया–प्रतिक्रिया भइरहेकै थिए । उनले फेरि सामाजिक सञ्जालमा अर्को स्टाटस लेखे– रास्वपा उपसभापति वाग्लेले कुट्ने धम्की दिए, त्यसैले प्रहरीसँग सुरक्षा मागेको छु ! भनेर । उक्त स्टाटसपछि मुकुलको तौल झन् घट्यो । मान्छेहरुले भन्न थाले– महामन्त्रीबाट मुक्त भएपछि मुकुलको मानसिक स्वास्थ्यमा नै समस्या आयो कि क्या हो !

हुनत रास्वपाबाट निक्लनका लागि उनी आफैंले निहु खोजेका हुन् । पार्टीको नीतिअनुसार नै देश दौडाहा गरेर महामन्त्री ढकालले ल्याएको रिपोर्टपछि नै रास्वपामा खैलाबैला मच्चिएको हो ।

जब प्रतिवेदनमा महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुनसक्ने चेतावनी दिए, तब पार्टीमा विवादले उग्र रुप लिएको थियो ।

महामन्त्री ढकालले प्रतिवेदनमा पार्टीको एजेन्डा, आन्तरिक प्रशासन, समन्वय विधि, संगठनात्मक ढाँचा र संरचना तथा आगामी कार्यदिशाबारे सुझाव पनि दिएका थिए । जसलाई पार्टी सभापति रावि लामिछानेले पचाउन सकेनन् । र विवाद बढ्यो ।

उत्कर्षमा पुगेको विवाद पार्टी केन्द्रीय समिति बैठकमा छताछुल्ल भयो । महामन्त्री ढकाललाई प्रतिवेदन पेश गर्न नै दिइएन । बैठकमा उनी विरोधस्वरुप मुखमा पट्टी बाँधेर बसे ।

खासमा इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि रास्वपा सचिवालय बैठकले देशभरको जनमत बुझ्न महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । र, उनले पुराना दलभन्दा अरु स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा हुने पनि प्रतिवेदनमा उल्लेख गरेका थिए । रास्वपालाई ‘रविको पार्टी’ बनाउने कि राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने भन्ने ढकालको प्रश्नले सभापति लामिछानेलाई गहिरो ढंगमा प्रहार गरेको थियो ।

ढकालले प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको थियो । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधारसम्ममा पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको थियो ।

हुन पनि हो, स्थापनाको ६ महिनामै अनपेक्षित सफलता हात पारेको रास्वपा दोस्रोपटक सरकारमा गएको तीन–चार महिनामै नराम्ररी स्खलित भएको छ । पहिलोपटक गृहमन्त्री हुँदा नागरिकता कसुरमा दोषी प्रमाणित भएपछि दोस्रोपटक चुनाव लडेर फेरि गृहमन्त्री भएका लामिछानेले चार महिनामा देखिने खालको केही पनि काम गर्न सकेनन् । श्रम, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाले पनि रास्वपाले कुनै नवीन योजना ल्याउन सकेन ।
कतिपयले महामन्त्री ढकालले पार्टी फुटाउन खोजेको टिप्पणी पनि गरिरहेका छन् । ढकालमा बढेको घमण्डका कारण पार्टी नीतिविरुद्ध प्रतिवेदन आएको रास्वपाका कतिपय नेताहरुको ठम्याइ छ । तर, यति कठोर प्रतिवेदन ल्याउने ढकालविरुद्ध कति छन् त कार्यकर्ता ? धेरैको चासो छ ।

खासमा ढकाल चिकित्सक हुन् । सञ्चारकर्मी हुँदा रवि लामिछानेको पहलमा बनेको कालिकोटको रास्कोट अस्पतालमा काम गरिरहेका ढकाललाई रास्वपाको महामन्त्रीसँगै प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तत्कालीन समयमा लामिछाने र ढकालको सम्बन्ध एकदमै सुमधुर मात्रै होइन, ढकाल लामिछानेको विश्वासपात्र नै थिए ।

पछिल्लो समय पार्टीमा सभापति लामिछानेको मात्रै राइँदाइँ भएपछि ढकाललाई खपिनसक्नु भएको थियो । पार्टीलाई रविको कम्पनी जस्तो बनाएकोप्रति उनको पहिलोदेखि नै असन्तुष्टि थियो । हुन पनि रास्वपामा रविविरुद्ध आवाज निकाल्नु चानचुने आँटको कुरा थिएन, जहाँ अहिले स्वर्णिम वाग्ले र विराजभक्तहरु पनि अघोषितरुपमा मुखमा पट्टी बाँधेरै अडिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT