Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

स्थापनादेखि नै पार्टीमा लागेकाहरु रुष्ट


काठमाडौं । पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग एकता गर्दा थपिएका २६ केन्द्रीय सदस्यका कारण असन्तुष्टि चुलिएको हो ।

केन्द्रीय सदस्य मात्रै होइनन्, पदाधिकारीमा पनि मनलाग्दी मान्छे थपिएपछि वर्षौदेखि पार्टीमा काम गरेकाहरु रुष्ट भएका हुन् । रातरात आएका बालेनलाई वरिष्ठ नेता, कुलमानलाई उपसभापति, त्यससँगै महामन्त्री र सहमहामन्त्री पनि नयाँ आएकाहरुलाई नै दिने भएपछि पार्टीभित्र विवाद बढेको हो ।

थपिएका कतिपय केन्द्रीय सदस्य त वडा सदस्य हुने हैसियतको समेत नभएको भन्दै चारैतिर विरोध भइरहेको छ । रास्वपाको मुखपत्रका रुपमा लिइने लालिगुँरास अनलाइन टिभीका सञ्चालक कमल सरगमले समेत थपिएका केन्द्रीय सदस्यप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले सार्वजनिकरुपमै  पार्टीको उक्त कदमको चर्को आलोचना गरेका छन् । त्यस्तै रास्वपाका उग्र नेता हिमेश पन्तले समेत मनलाग्दी केन्द्रीय सदस्य थपिएकोमा आपत्ति जनाएका छन् । यसरी पार्टी एकताले रास्वपालाई फाइदाभन्दा बेफाइदा बढी हुने चिन्ता पनि थपिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT