Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसमानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना


काठमाडौं । समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ । समानुपातिक उम्मेदवार छान्न गरिएको प्राइमरी इलेक्सनकै बदनाम हुनेगरी सूची तयार भएपछि रास्वपाकै नेताहरुले असन्तुष्टि पोख्न थालेका हुन् ।

हुन पनि रास्वपाले समानुपातिक सूचीमा मनलाग्दी नै गरेको छ । पार्टी सभापति रवि लामिछानेले चुनाव जितेको चितवनको निर्वाचन क्षेत्रबाटमात्रै १६ जना समानुपातिका सूचीमा परेका छन् ।

त्यस्तै २२ जनाभन्दा बढी त काठमाडौंकै मात्रै छन् । तर बिडम्बना, सुदूरपश्चिमबाट रास्वपाको समानुपातिक सूचीमा शून्य सहभागिता छ । कुलमान घिसिङले ससुरादेखि छिमेकीलाईसम्म समानुपातिक सांसदमा राखेको विषय अर्को छ ।

त्यसैगरी बालेनले व्यवसायी चन्द्र ढकालका छोरादेखि एलिट वर्गका मान्छेलाई मात्रै सूचीमा पारेको भन्दै अर्काथरीले आलोचना गरिररहेका छन् । यसरी मनलाग्दी भएपछि रास्वपाका नेताहरुले प्रत्यक्ष, परोक्षरुपमा नेतृत्वको आलोचना गरेका हुन् ।

रास्वपा केन्द्रीय सदस्य तथा पूर्वसांसद डा। तोसिमा कार्कीले समेत खुलारुपमा यो बन्दसूचीप्रति असहमत जनाएकी छन् । उनले प्राइमरी इलेक्सनको धज्जी उडाइएको पनि टिप्पणी गरेकी छन् ।

पदाधिकारी र सचिवालयमा रहेकाहरूले समानुपातिकबाट नाम फिर्ता लिनुपर्ने समेत उनको मत छ । पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ ‘पोसिसन अफ बेनिफिटमा’ हुने र प्राइमेरीको भोटिङदेखि मूल्यांकनसम्म प्रभाव पार्न सक्ने उनको भनाइ छ । पार्टीको उच्च पदमा बस्नेहरूले प्रत्यक्षमा लड्ने हिम्मत राख्नुपर्ने तोसिमाको सुझाव छ ।

रास्वपाको बन्दसूचीमा परेकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पनि सूची सच्याउनुपर्ने बताएकी छन् । रास्वपाको प्राइमरी इलेक्सनमा संग्रौलाले महिलातर्फ दोस्रो सर्वाधिक मत ल्याएकी थिइन् । बन्दसूचीमा भने उनको नाम खस आर्य महिलातर्फ छैटौं नम्बरमा छ ।

ज्वाला रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छिन् । आफूलाई रविकी बहिनीका रूपमा चिनाउने स्वस्तिका लामिछानेले पनि बन्दसूचीप्रति असहमति जनाएकी छन् ।

स्वस्तिकाले पनि रास्वपाको प्राइमरी इलेक्सनमा भाग लिएकी थिइन् । खस आर्य महिलातर्फ उनलाई राम्रै मत पनि आएको थियो । तर, बन्दसूचीमा अटाइनन् । यसरी सुशासनका ठूला गफ गरेर राजनीतिमा जबरजस्त स्थापित हुँदै गरेका नयाँ दलहरुले पनि मनलाग्दी गर्न थालेपछि आमनागरिक भने निराश भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT