Techie IT
Friday, December 26, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङअन्ततः एक हुने भए रवि, बालेन र कुलमान, बालेन र कुलमानलाई पार्टीको दोस्रो वरीयता

अन्ततः एक हुने भए रवि, बालेन र कुलमान, बालेन र कुलमानलाई पार्टीको दोस्रो वरीयता


काठमाडौं । अन्नतः वैकल्पिक भनिएका तीन शक्ति एक हुने भएका छन् । बुझिएअनुसार काठमाडौंका मेयर बालेन साहसँगै कुलमान घिसिङ पनि रास्वपाकै छानोमुनि एकतावद्ध हुन लागेका हुन् । उनीहरुबीच रवि लामिछानेले पार्टी हाँक्ने र बालेन साहले सरकार हाँक्ने सहमति भएको छ ।

यससँगै बालेन र कुलमानलाई रास्वपाको दोस्रो वरीयतामा राख्ने पनि सहमति भएको भनिएको छ । यद्यपि, सहमतिको ड्राफ्ट सार्वजनिक भएको छैन । केही मूलभूत सैद्दान्तिक विषयमा सहमति हुन बाँकी रहेको नेताहरुले बताएका छन् ।

रास्वपा सभापति लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् । सहमतिअनुसार अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन । र, अब तीनै जना नेताले आसन्न चुनावमा घण्टी चिह्नबाट चुनाव लड्नेछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT