Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी

रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी

लामिछाने तनावमा


काठमाडौं । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा आफ्नो पार्टीबाट चुनाव लडाउने हल्लाले बजार तातिरहेका बेला घटनाक्रमले नयाँ मोड लिएको छ । खासगरी रविलाई विश्वास गर्न नसकेका बालेनले अर्कै पार्टी खोल्ने तयारी गरेपछि राजनीतिमा नयाँ मोड आएको हो ।

एमाले–कांग्रेसलाई सिध्याउने मुख्य योजनाका साथ नयाँ भनिएका वैकल्पिक शक्तिहरु मिल्न खोजेका हुन् । तर, उनीहरुबीच नै पावर सेयररिङको विषयमा कुरा मिल्न सकेको छैन । विभिन्न अपराधका अभियुक्त रवि लामिछानेप्रति बालेनले शंका गरेकै कारण उनीहरुबीच सहमति हुन नसकेको हो ।

कतिपयलेले रास्वपाले प्रधानमन्त्री नबनाउने भनेपछि बालेनले अर्को बाटो रोजेको भनेर पनि टिप्पणी गरिरहेका छन् । तर कुनै पनि राजनीतिक एजेण्डा नभएका उनीहरुबीच मिल्न र नमिल्न कुनै ठूलो कारण चाहिँदैन ।

सामान्य व्यक्तिगत स्वार्थ मात्रै मिले पनि उनीहरु एक हुनसक्छन् र नमिले टाढा हुनसक्छन् । अहिले बालेनले रविसँग नभए पनि कुलमान घिसिङ, सुदन गुरुङ, रक्षा बमलगायतसँग मिल्ने तयारी गरिरहेका छन् । सम्बभतः उनहरु मिल्छन् पनि ।

किनकि, उनीहरुलाई अहिलेको तरल अवस्थामा जनताको सेन्टिमेन्ट कसरी क्याच गर्न सकिन्छ भन्ने राम्रोसँग थाहा छ । बुझिएअनुसार बालेको पार्टीमा डा भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतका मानिस सहभागी हुँदैछन् ।

यससँगै तीन वर्ष काठमाडौं मेयर भएर एउटा राम्रो काम गर्न नसकेका र हरेक अप्ठेरोमा लुकेर बसेका बालेनलाई किन अहिलेको समाजले आइडल मानिरहेको छ ? भन्ने प्रश्न पनि पेचिलो बनेको छ ।

जो जस्तो भए पनि नायक खोजिरहेको हाम्रो समाजले कुन दिशा र गति लेला रु यो पनि विवेचनकै विषय बनेको छ । कांग्रेस एमालेलाई देखाइने भन्दा अरु उद्देश्य नभएकाहरुले चुनावै जिते भने पनि के गर्लान् ? के चुनाव जितेर उनीहरुले हाम्रो उद्दार गर्लान् ? प्रश्न पेचिलो छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT