Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले एक भारतीय टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा राखेका हुन् ।

अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री भट्टराईले गत भदौमा भएको जेनजी विद्रोह स्वाभाविक र जायज भएको बताएका छन् । उनले जेनजी आन्दोलन हुनुको पछाडि सामाजिक र आर्थिक कारणसमेत रहेको प्रस्ट पारे ।

जेनजी आन्दोलन हुनुको पहिलो कारण प्रस्ट्याउँदै उनले नेपालमा युवाहरू बेरोजगार रहेको, गुणस्तरीय शिक्षा नभएकाले युवा वर्ग असन्तुष्ट रहँदै आएको बताए । सरकारी तहमा हुने गरेको भ्रष्टाचारलाई उनले जेनजी आन्दोलन हुनुको दोस्रो प्रमुख कारणका रूपमा चित्रण गरेका छन् ।

यस्तै, सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धका कारण पनि ठुलो पंक्ति असन्तुष्ट भएर सडकमा निस्किएको डा भट्टराईको ठहर छ । उनले हालै जेनजी प्रतिनिधि र सरकारबिच भएको सम्झौताको पनि प्रशंसा गरेका छन् ।

भट्टराईले पुराना दलहरूबाट अब नेपालमा राजनीतिक सुधार सम्भव नभएको प्रस्ट पार्दै वैकल्पिक शक्तिका रूपमा नयाँ दलहरू गठन भइरहेको बताए । चुनावमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच गठबन्धनको सम्भावना रहेको पनि उनले प्रस्ट पारे ।

आफूहरू अब युवा शक्ति अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको भट्टराईले प्रस्ट पारे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT