Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने

सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने

अटेर गरे आयोगसँग तीन वटा विकल्प


काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको छ । जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीले पटक पटक सार्वजनिक कार्यक्रममा पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बयान नदिने अभिव्यक्ति दिँदै आएका छन् । यस्तो अवस्थामा ओलीलाई कसरी बोलाउने भन्नेबारे उच्च तहमा छलफल भइरहेको पाईएको छ ।

आयोगका अनुसार अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग त्यसबारे छलफल गरीरहेको बुझीएको छ । ओलीले पत्र बुझ्न अस्वीकार गरेमा र बयान दिन नआए के गर्ने भन्ने विकल्पमा पनि अध्यक्ष कार्कीले छलफल गरिरहेका छन् ।

भक्तपुर प्रहरीमार्फत ओलीकहाँ पत्र पठाउने विकल्पमा छलफल भएको छ । ओली सहज रुपमा बयान दीनका लागि नगए आयोगले अरु तिन वटा उपाउहरु अपनाउने तयारी गरेको छ ।

ओलीले पत्र बुझ्न अस्वीकार गरेमा स्थानीय निकायको समन्वयमा म्याद टाँसेर ‘तामेल’ गरिने ,‘गुण्डुस्थित वडा कार्यालयमा तामेल गर्दा पनि बयान दिन अनुपस्थित भएमा पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्ने विकल्प अझै बाकीरहेको बताएकाछन् । सूचना प्रकाशन गर्दा पनि ओली बयान दिन नआए सरकारलाई पत्र लेखेर उपस्थित गराइदिन आग्रह गर्ने आयोगले तयारी गरिरहेको छ ।

तर ओलीले भने कुनै पनि हालतमा आफु बयान दिन नजाने अडान राख्दै आएकाछन् । त्यसको लागि जे पनि भोग्न तयार रहेको बताएकछन् । मंगलबार मात्रै आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा आउन भन्दै पत्र पठाएको थियो । पुस ११ मा लेखकसँग बयान लिइने आयोगको भनाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT