Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा

बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा

रास्वपासँग नजिकिन खोज्दै प्रचण्ड


काठमाडौं । काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री बन्ने पक्कापक्की भएको हो । रवि–बालेन मिल्नुपर्छ भन्ने धेरै नेपालीको भावनाबमोजिम सोमबार राति उनीहरुबीच छलफल भएको थियो । रास्वपा सभापति लामिछाने र बालेनबीच नक्सालस्थित रास्वपा नेता असीम साहको घरमा भेटघाट भएको थियो ।

भेटमा रास्वपा सभापति लामिछानेले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा रास्वपाबाट चुनाव लड्न आग्रह गरेका थिए । लामिछानेको आग्रहलाई बालेनले स्वीकारेको बताइएको छ । यसअघि बालेन र लामिछानेबीच खास मेल थिएन । जेन जी आन्दोलनका बेला रविले जेल तोडेकोप्रति बालेनका समर्थकले कडा आलोचना गरेका थिए ।

अहिले लामिछाने धरौटीमा थुनामुक्त भए पनि मुद्दा किनारा नलागेकाले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको अफर गर्दै पार्टीमा भित्र्याउने नीति लिएको हो । रविले चुनाव लड्न पाए पनि सांसदको सपथ खान नपाउने र प्रधानमन्त्री हुन नपाउने जोखिम भएका कारण पनि बालेनलाई अघि सार्न खोजिएको हो ।

जेन जी आन्दोलनपछि रास्वपा, बालेन, कुलमान घिसिङ र हर्क साम्पाङलगायतका नेताहरु मिलिदिए हुन्थ्यो भन्ने धेरैको चाहना छ । र थुनामु्क्त हुनेबित्तिकै लामिछानेले बढाएको सक्रियता र बालेन सँगको भेटपछि नेपाली राजनीति थप तरंगित भएको छ ।

यससँगै विगतदेखि सत्तामा रजाइँ गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेमा तनाव बढेको छ । त्यसैले त उनीहरु जसरी पनि संसद पुनःस्थापना गराउने रणनीतिमा लागेका छन् । त्यसकै प्रयासस्वपरुप सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो । अहिले संसद पुनःस्थापनाको मुद्दा सर्वोच्चमा बहसकै क्रममा छ ।

नेपाली कांग्रेस र एमालेका केही सांसदले त संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर नै बुझाएका छन् । यसरी रास्वपाले स्वतन्त्र पक्षधरलाई साथ लिने र कांग्रेस एमालेले संसद पुनस्थापनामा जोड दिँदा प्रचण्ड नेतृत्वको नेकपा भने के कसरी अघि बढ्ने भन्ने अन्योलमा छ ।

यद्यपि, नेकपाले रास्वपासँग नजिकिएर चुनाव लड्न खोजेको संकेत दिएको छ । यद्यपि, अहिलेकै अवस्थामा फागुन २१ गते आमचुनाव हुन कठिन छ । र, त्यतिबेला चुनाव नभए संसद ब्युँतिने सम्भावना प्रबल हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT