Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ

ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले आफूले यसअघि नै पटकपटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका हुन्।

प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने ओलीको दावी छ । मेरो नाम नै लिएर फलानालाई यसो गर्नुपर्छ भनेर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले बोल्नुभएको थियो।

जब उहाँहरुले निष्कर्ष सुनाइसक्नुभएको छ भने मैले किन बयान दिने। के विश्वासले दिनेरु जाँचैविना रिजल्ट निकालिसक्नुभएको छ भने म किन जाँच दिन जाने ? भन्दै प्रश्न गरे । बयान दिएन भनेर गोली हान्न पनि ओलीले चुनौती दिएकाछन् ।

बयान दिन मानेन भनेर गोली ठोके हुन्छ। यत्रो कसुर गर्ने बयान दिन नमान्ने। नतिजा आइसक्यो जाँच दिन नमान्ने यत्रो कसुर गर्नेलाई त हान्दिने नी गोली। उहाँहरूसँग छ त बन्दुक । के सानातिना कुरा गरिराखेको बयान नगरेबापत आजीवन थुनिदिए हुन्छ उनले भने।

ओलीले आवश्यक परेको अवस्थामा आफू उपत्यकाबाहिर जाने पनि बताए। म बाहिर जान पर्दा जान्छु। भ्यालिबाहिर जान्छु। जतिबेला जानुपर्छ जान्छु। मेरो संवैधानिक अधिकारको प्रयोग गर्न असंवैधानिक सरकारसँग सोध्नुपर्ने मैले ? भन्दै प्रश्न गरेकाछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT