Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकिन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?


काठमाडौं । सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका छन् । नेपालको प्रतिनिधिसभा निर्वाचन ऐनले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई चुनाव उठ्न रोक लगाएको छैन । त्यसैले उनी चुनावमा लड्न पाउँछन् । तर, उनी सांसदसँगै मन्त्री तथा प्रधानमन्त्री भने हुन पाउँदैनन् ।

किनकि, कानुन अनुसार सांसद पद निलम्बन भएको व्यक्ति मन्त्री बन्न सक्दैनन् ।सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएपछि कुनै पनि कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन हुने व्यवस्था गरेको छ। लामिछानेलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरिएको छ।

लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो सरकारी वकिलका तर्फबाट कास्की जिल्ला अदालतमा दाबी भएको छ। यो मुद्दा किनारा नलागेसम्म लामिछाने सांसद पदबाट निलम्बनमा पर्नेछन्। २०८१ पुस ८ गते सभामुख देवराज घिमिरेले लामिछानेलाई यही ऐनमा टेकेर सांसद पदबाट निलम्बन गरेका थिए।

लामिछानले पछि धरौटीमा रिहा भएपछि माघ १८ गते सांसद पदबाट निलम्बन फुकुवा गरिदिन भन्दै सभामुखलाई निवेदन समेत दिएका थिए। रास्वपाका तत्कालीन सांसदहरू सन्तोष परियार र सोविता गौतमले पनि लामिछानेलाई निलम्बन गर्न नमिल्ने जिकिर गर्दै सभामुखलाई निर्णय नगरिदिन आग्रह गरेका थिए। उनीहरूले निर्वाचित सांसदलाई अन्य कानुनमा टेकेर निलम्बन गर्नु संसदीय सर्वोच्चता विपरीत हुने तर्क गरेका थिए।

लामिछानेले त्यति बेला आफूलाई राजनीतिक प्रतिशोध साधेर निलम्बन गरेको उल्लेख गरेका थिए। साथै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता प्रयोग गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का जनताले आफूलाई निर्वाचित गरी पठाएकाले जनताको प्रतिनिधिका रूपमा संघीय संसदको बैठकमा सहभागी भएर काम गर्न दिन माग गरेका थिए।

तर सभामुख घिमिरेले लामिछानेलाई निलम्बन फुकुवा गर्न नसक्ने स्पष्ट पार्दै दुई कारण दिएका थिए। पहिलो, सभामुख घिमिरेले त्यति बेला सांसद पद आफूले निलम्बन गरेको नभई जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको पत्रका आधारमा कानुन अनुसार स्वतः निलम्बन भएको जवाफ लामिछानेलाई दिएका थिए। उनले संसद सचिवालयले सूचना टाँसेर जानकारी मात्र गराएको बताएका थिए।

दोस्रो, घिमिरेले लामिछानेलाई प्रतिनिधिसभा नियमावली अनुसार निलम्बन नगरिएको उल्लेख गर्दै अन्य कानुनका कारण लामिछानेको पद निलम्बनमा परेको जबाफ दिएका थिए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT