Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

बागमती प्रदेशबाट मात्रै ९४ जनाको उम्मेदवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।

रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची प्रकाशित गरिएको छ । उनीहरुले प्राइमरी इलेक्सनमा भाग लिन पाउनेछन् ।

सबैभन्दा बढी आवेदन बाग्मती प्रदेशबाट परेको छ । यो प्रदेशबाट मात्रै ९४ जना जनाले रास्वपाको समानुपातिक उम्मेदवार बन्न चाहेका छन् । विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएका समीक्षा बास्कोटा र रञ्जु दर्शनाले बाग्मती प्रदेशबाट आवेदन दिएका छन् । उनीहरु खस आर्य कोटा अन्तर्गत समानुपातिक उम्मेदवार बन्न चाहेका हुन् ।

कोशी प्रदेशबाट ६० जनाले समानुपातिकका लागि दावेदारी प्रस्तुत गरेका छन् । रास्वपा सहप्रवक्ता रमेश प्रसाईंको नाम प्रारम्भिक सूचीमा छ । यसअघि इलामको उपनिर्वाचनमा रास्वपाबाट उठेर हारेका मिलन लिम्बू पनि समानुपातिकमा सांसद बन्न चाहेका छन् ।

मधेसबाट ६१ जनाको निवेदन परेको छ । चर्चित जेनजी अभियन्ता पुरुषोत्तम यादवले मधेसबाट प्रारम्भिक निर्वाचनका लागि आकांक्षा प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशबाट ४३ जना र लुम्बिनीबाट ४४ जनाको आवेदन परेको छ ।

सबैभन्दा थोरै कर्णालीबाट २१ जना र सुदुरपश्चिममा ३० जना आकांक्षी छन् । सामाजिक सञ्जालमा चर्चित केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सुदुरपश्चिमको सूचीमा छिन् । त्यस्तै सहप्रवक्ता तथा सभापति रवि लामिछानेको सचिवालय हेर्ने प्रतिभा रावल सुदूरपश्चिमको महिलाबाट समानुपातिकमा पहिलो चरणमा छानिएकी छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT