Techie IT
Friday, December 19, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङरास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

बागमती प्रदेशबाट मात्रै ९४ जनाको उम्मेदवार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक व्यक्तिहरुले आवेदन दिएका छन् ।

रास्वपाले समानुपातिक उम्मेदवाको प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउनका लागि इच्छुकहरुसँग आवेदन मागेको थियो । आवेदन दिनेहरुको सूची प्रकाशित गरिएको छ । उनीहरुले प्राइमरी इलेक्सनमा भाग लिन पाउनेछन् ।

सबैभन्दा बढी आवेदन बाग्मती प्रदेशबाट परेको छ । यो प्रदेशबाट मात्रै ९४ जना जनाले रास्वपाको समानुपातिक उम्मेदवार बन्न चाहेका छन् । विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएका समीक्षा बास्कोटा र रञ्जु दर्शनाले बाग्मती प्रदेशबाट आवेदन दिएका छन् । उनीहरु खस आर्य कोटा अन्तर्गत समानुपातिक उम्मेदवार बन्न चाहेका हुन् ।

कोशी प्रदेशबाट ६० जनाले समानुपातिकका लागि दावेदारी प्रस्तुत गरेका छन् । रास्वपा सहप्रवक्ता रमेश प्रसाईंको नाम प्रारम्भिक सूचीमा छ । यसअघि इलामको उपनिर्वाचनमा रास्वपाबाट उठेर हारेका मिलन लिम्बू पनि समानुपातिकमा सांसद बन्न चाहेका छन् ।

मधेसबाट ६१ जनाको निवेदन परेको छ । चर्चित जेनजी अभियन्ता पुरुषोत्तम यादवले मधेसबाट प्रारम्भिक निर्वाचनका लागि आकांक्षा प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशबाट ४३ जना र लुम्बिनीबाट ४४ जनाको आवेदन परेको छ ।

सबैभन्दा थोरै कर्णालीबाट २१ जना र सुदुरपश्चिममा ३० जना आकांक्षी छन् । सामाजिक सञ्जालमा चर्चित केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सुदुरपश्चिमको सूचीमा छिन् । त्यस्तै सहप्रवक्ता तथा सभापति रवि लामिछानेको सचिवालय हेर्ने प्रतिभा रावल सुदूरपश्चिमको महिलाबाट समानुपातिकमा पहिलो चरणमा छानिएकी छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

Techie IT