Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङरवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना


काठमाडौं । रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ । रास्वपामा आउन बालेन सकारात्मक भएपछि छलफललाई तिव्रता दिइएको हो । दुई समूहबीच पछिल्लो समय भएको वार्तामा बालेनले प्रष्टैसँग नयाँ दल दर्ता गर्ने योजना नभएको खुलाएका छन् । त्यसपछि रास्वपाले बालेनलाई बढी च्यापेको हो ।

पछिल्लो समय रास्वपाले पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल नै बनाएर वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकताका लागि संवाद अघि बढाइरहेको हो, जसमा पार्टी सचिवालय सदस्य शिशिर खनाललगायत नेताहरू वैकल्पिक शक्तिलाई एक ठाउँमा एकताबद्ध गर्ने र आगामी चुनावी मैदानबाट बलियो शक्ति बनाउने प्रयासमा लागेका छन् ।

सोही क्रममा बालेनको टीमसँग संवाद गरिएको हो । खासगरी रास्वपा सभापति रवि लामिछानेलाई लागेको मुद्दामा सफाइ पाएर जेलबाहिर नआएसम्म बालेनलाई सभापतिको भूमिका दिनुपर्ने भन्ने एक मात्र प्रस्ताव उनको टीमबाट आएको भनिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

Techie IT