Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक

रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक


काठमाडौं । पछिल्लो समय अहिलेको सरकारले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जेलमुक्त गर्न गृहकार्य थालेको बुझिएको छ । रविप्रति सकारात्मक रहेको भनिएको अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले पछिल्लो समय चाहिँ रविलाई जेलमुक्त गर्न गृहकार्य नै थालेको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीसँगै मन्मिण्डलका अधिकांश सदस्य रविलाई जेलमुक्त गर्न सकारात्मक भए पनि केही कानूनी अड्चनका कारण अप्ठेरो भएको भनिएको छ । जुन कुरालाई केही दिनअघि ऊर्जामन्त्री कुलमान घिसिङले एक टेलिभिजन अन्तरवार्तामा पनि बताएका थिए । रविलाई अघिल्लो सरकारले प्रतिशोध साँधेर फसाएको मन्त्री घिसिङको भनाइ थियो ।

अहिलेको सरकारले चाहने हो भने रविविरुद्धको मुद्दा फिर्ता लिन पनि सक्छ । तर, कानूनी अप्ठेरोका कारण अहिलेसम्म आनाकानी भइरहेको बताइए । सरकारले सकेसम्म अदालतबाटै रवि लामिछाने रिहा भए राम्रो हुने चाहिरहेको छ । तर, अदालतको फैसलाबाट रिहा हुने अवस्था नभए सरकारले मुद्दा फिर्ता लिनुपर्ने हुन्छ । तर, रविको मुद्दा फिर्ता लिँदा गलत नजिर बस्ने जोखिम पनि छ ।

यदि सरकारले रविको मुद्दा फिर्ता लिएर जेलमुक्त गर्न नसक्ने हो भने यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साँधेर थुनेको भन्ने आरोप पुष्टि हुन सक्दैन । हुनतः रविविरुद्ध एक ठाउँमा मात्रै मुद्दा छैन । धेरै वटा मुद्दामा धेरै वटा अदालतमा उजुरी छ । एउटा अदालतले सफाइ दियो भने पनि अर्को अदालतको आदेशले पक्राउ पर्ने सम्भावना छ ।

कतिपयले भावुक पारामा रवि निर्दोश भएको तर्क गर्छन् । तर त्यो पनि ठिक होइन । किनकि, अदालतले निर्दोश नदेखेकै कारण थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राखेको छ ।

जब रविले आफ्नो भागमा परेको बिगो तिरेर थुनामुक्त हुन पाउँ भनेर मुद्दा हाले, तब उनी दोषी भएको सम्भावना झन् बढ्यो । पछिल्लोपटक उनी थुनामा परेको पनि उनी आफैंले हालेको मुद्दाका कारण हो । धरौटी रकम बढी भयो भनेर हालेको मुद्दामा नै उनले पुर्पक्षका लागि थुनामा जाने आदेश भएको हो । त्यसैले रविलाई अरुले फसाउन खोजेको भन्ने कुरामा पनि खासै दम छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT