Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रराजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा

राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा


काठमाडौं । स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ । पार्टी सभापति रवि लामिछानेको व्यक्तिगत क्रेजको जगमा उठेको रास्वपाले संसदमा पुगेर पनि थुप्रै रेकर्ड बनायो । दुई–दुई पटक सरकारमा गयो । पार्टी सभापति लामिछाने दुईपटक नै उपप्रधानसहित गृहमन्त्री भए ।

पार्टी सरकारमा नभएका बेला रास्वपाका सांसदहरुले संसदमा जोडसँग आवाज उठाए । जब सहकारी ठगी प्रकरणमा पार्टी सभापति लामिछाने कारागार चलान भए, तब रास्वपाको रणनीति बदलियो ।

लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भनेर त्यसैलाई राजनीतिक मुद्दा बनायो । हस्ताक्षर अभियान चलायो । जनै पूर्णिमामा रविको बुख्याचामा डोरो बाँध्नेदेखि भाइटीकामा टीका लगाउनेसम्मका काम गरेर नागरिक सेन्टिमेन्ट क्याच गर्ने प्रयास गरियो । जताजताबाट भए पनि रविकै नाम भजाएर पार्टी चलाउने प्रयास गरियो ।

त्यसैले रास्वपाले कहिल्यै कुनै राजनीतिक एजेण्डा उठाएन । उठाएका एजेण्डलाई पनि किनारा लगाएन । सधैंभरी रविकै नाममा जनताको भावनामाथि खेल्ने प्रयास गरिरह्यो । यसैबीच जेन जी आन्दोलनका क्रममा रविलाई जेलब्रेक गर्न लगाइयो । प्रधानमन्त्री बनाउने अभिलासासहित रविलाई जेलब्रेक गराउनुनै रास्वपाका लागि अभिसाप भइदियो ।

परिणामतः अहिले रास्वपा छाड्नेको लर्कोनै लागेको छ । महामन्त्री मुकुल ढकालदेखि सुरु भएको रास्वपा छाड्ने अभियान अहिले सुमना श्रेष्ठहुँदै सन्तोष परियारसम्म पुगेको छ । सांसदहुँदै मन्त्रीसम्म भइसकेकी सुमनाले पार्टी छाड्दा उनलाई अवसरवादी भनियो । र, अहिले पार्टीका सचेतकसमेत भइसकेका परियारलाई पनि अवसरवादी नै भनेर उछितो काडिँदैछ ।

यतिमात्रै होइन, पछिल्लो समय रास्वपामा ठूलै अन्तरकलह छ । उक्त कलहलाई मिलाउन भन्दा पनि रविको आलोचना गर्नेहरुलाई पन्छाउन खोजेजस्तो बुझिएको छ । त्यसैले त पूर्वसांसद तोसिमा कार्कीदेखि केन्द्रीय सदस्य गणेश कार्कीसम्मले पार्टी नेतृत्वको खुलेर आलोचना गरिरहेका छन् । यसबाट प्रष्ट हुन्छ कि, उनीहरु पनि अब लामो समय रास्वपामा रहँदैनन् ।

र, बुझिएअनुसार सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छाडेपछि भएको क्षतिलाई पूर्ति गर्न रास्वपाले भाइरल सञ्चारकर्मीद्वय राजिव खत्री र भोजराज थापालाई पार्टीमा प्रवेश गराउँदैछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT