Techie IT
Sunday, November 16, 2025 | आईतबार, कात्तिक ३०, २०८२
२०८२ कात्तिक ३०, आईतबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङराजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा

राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा


काठमाडौं । स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ । पार्टी सभापति रवि लामिछानेको व्यक्तिगत क्रेजको जगमा उठेको रास्वपाले संसदमा पुगेर पनि थुप्रै रेकर्ड बनायो । दुई–दुई पटक सरकारमा गयो । पार्टी सभापति लामिछाने दुईपटक नै उपप्रधानसहित गृहमन्त्री भए ।

पार्टी सरकारमा नभएका बेला रास्वपाका सांसदहरुले संसदमा जोडसँग आवाज उठाए । जब सहकारी ठगी प्रकरणमा पार्टी सभापति लामिछाने कारागार चलान भए, तब रास्वपाको रणनीति बदलियो ।

लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भनेर त्यसैलाई राजनीतिक मुद्दा बनायो । हस्ताक्षर अभियान चलायो । जनै पूर्णिमामा रविको बुख्याचामा डोरो बाँध्नेदेखि भाइटीकामा टीका लगाउनेसम्मका काम गरेर नागरिक सेन्टिमेन्ट क्याच गर्ने प्रयास गरियो । जताजताबाट भए पनि रविकै नाम भजाएर पार्टी चलाउने प्रयास गरियो ।

त्यसैले रास्वपाले कहिल्यै कुनै राजनीतिक एजेण्डा उठाएन । उठाएका एजेण्डलाई पनि किनारा लगाएन । सधैंभरी रविकै नाममा जनताको भावनामाथि खेल्ने प्रयास गरिरह्यो । यसैबीच जेन जी आन्दोलनका क्रममा रविलाई जेलब्रेक गर्न लगाइयो । प्रधानमन्त्री बनाउने अभिलासासहित रविलाई जेलब्रेक गराउनुनै रास्वपाका लागि अभिसाप भइदियो ।

परिणामतः अहिले रास्वपा छाड्नेको लर्कोनै लागेको छ । महामन्त्री मुकुल ढकालदेखि सुरु भएको रास्वपा छाड्ने अभियान अहिले सुमना श्रेष्ठहुँदै सन्तोष परियारसम्म पुगेको छ । सांसदहुँदै मन्त्रीसम्म भइसकेकी सुमनाले पार्टी छाड्दा उनलाई अवसरवादी भनियो । र, अहिले पार्टीका सचेतकसमेत भइसकेका परियारलाई पनि अवसरवादी नै भनेर उछितो काडिँदैछ ।

यतिमात्रै होइन, पछिल्लो समय रास्वपामा ठूलै अन्तरकलह छ । उक्त कलहलाई मिलाउन भन्दा पनि रविको आलोचना गर्नेहरुलाई पन्छाउन खोजेजस्तो बुझिएको छ । त्यसैले त पूर्वसांसद तोसिमा कार्कीदेखि केन्द्रीय सदस्य गणेश कार्कीसम्मले पार्टी नेतृत्वको खुलेर आलोचना गरिरहेका छन् । यसबाट प्रष्ट हुन्छ कि, उनीहरु पनि अब लामो समय रास्वपामा रहँदैनन् ।

र, बुझिएअनुसार सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छाडेपछि भएको क्षतिलाई पूर्ति गर्न रास्वपाले भाइरल सञ्चारकर्मीद्वय राजिव खत्री र भोजराज थापालाई पार्टीमा प्रवेश गराउँदैछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल

एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् ।

Techie IT