गृहपृष्ठ ∕ ब्रेकिङ ∕ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप स्वर्णपत्र आईतबार, २०८२ कात्तिक २३ गते, १४:४७ मा प्रकाशित ब्रेकिङ काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि आर्थिक लेनदेनको आरोप लगाएका छन् । सुकुम्बासी बस्तीमा डोजर चलाउने महानगरको अल्टिमेटम सकिएपछि त्यहाँ पुगेका प्रसाईंले गुप्ताले भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएर गुप्ता मन्त्री बनेको दाबी गरेका हुन् । भिक्टर पौडेल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति भएको उनको भनाइ छ । पौडेल ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जालका सञ्चालक हुन् र मेयर शाहका नजिकका मानिन्छन् । सुकुम्बासी बस्तीमा उपस्थित प्रसाईंले आफूले त्यहाँका बस्ती भत्काउन नदिने प्रतिबद्धता जनाए। उनले मेयर शाहले गरिब र श्रमिक वर्गको उठिबास लगाएको आरोप पनि लगाए । प्रसाईंले अब फेरि सुकुम्बासीको घरमा डोजर चलाउन खोजे बालेकै घर भत्काइदिन पनि उर्दी जारी गरेका छन् । #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान । समानुपातिक सांसदका लागि उम्मेदवारी आह्वान गर्ने निर्णयसँगै रास्वपाको विस्तारित बैठक सकिएको छ । बैठकले समानुपातिक उम्मेदवारीका लागि विभिन्न आचारसंहिता लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ३ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ४ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ५ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ६ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ७ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ८ तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा, धेरैले देखाए घरायसी कारण