Techie IT
Sunday, November 9, 2025 | आईतबार, कात्तिक २३, २०८२
२०८२ कात्तिक २३, आईतबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसमानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान

समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान

आवेदनसँगै विवाहको वैधानिकता पनि खुलाउनुपर्ने


काठमाडौं । समानुपातिक सांसदका लागि उम्मेदवारी आह्वान गर्ने निर्णयसँगै रास्वपाको विस्तारित बैठक सकिएको छ । बैठकले समानुपातिक उम्मेदवारीका लागि विभिन्न आचारसंहिता पनि तय गरेको छ ।

रास्वपाले तय गरेको आचारसंहितामा समानुपातिकतर्फ उम्मेदवार हुन सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गरिनुपर्ने भएको छ । त्यसैगरी शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा पनि सम्बन्धित व्यक्तिले गर्नुपर्नेछ । उता उम्मेदवार हुन चाहनेले वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा पनि गर्नुपर्ने भएको छ ।

कतिपय नेताहरू बहुविवाहसहितका विवादमा जोडिएको अवस्थामा रास्वपाले यस्तो नियम ल्याएको हो । रास्वपाले आचारसंहिताको अर्को सूचीमा सार्वजनिक रुपमा कसैलाई गाली गलौज नगरेको स्वघोषणा पनि गर्नुपर्ने नियम राखेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा…

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि आर्थिक लेनदेनको आरोप लगाएका छन् । सुकुम्बासी बस्तीमा डोजर

Techie IT