Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रतोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी

तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी

मूल्ल चर्को भएको टिप्पणी


काठमाडौं । चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ । शुल्क महंगो भएको भन्दै केन्द्रीय सदस्य तोसिमा कार्की र गणेश कार्कीसँगै तीन दर्जन जति नेताहरुले लेबी बु्झाउन आनाकानी गरेपछि तनाव भएको हो ।

केन्द्रीय समिति, प्रदेश, जिल्ला र क्षेत्रीय तहका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुने विस्तारित बैठकमा सहभागी हुन अनिवार्यरुपमा लेबी तिरिसकेको हुनुपर्ने शर्त राखिएको थियो । रास्वपाका अनुसार बैठकमा सहभागी हुन पार्टीले १५ सय रुपैयाँ शुल्क तोकेको छ ।

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार, केन्द्रीय सदस्यका लागि २५ हजार रुपैयाँ, विभागका सदस्यका लागि १५ हजार रुपैयाँ वार्षिक लेबी तोकिएको छ । प्रत्येक आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र अर्थात् असोज महिनाभित्र लेबी बुझाइसक्नुपर्ने प्रावधान छ । रास्वपामा अहिले ६२ जना केन्द्रीय सदस्य छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT