Techie IT
Monday, October 27, 2025 | सोमबार, कात्तिक १०, २०८२
२०८२ कात्तिक १०, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया

रविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया

बालेन र कुलमान पनि पछि हटे, गोपी हमालदेखि सुदन गुरुङसम्म बेग्लै छलफल


काठमाडौं । पछिल्लो समय रास्वपा रिफर्मेसनको चर्चा व्यापक छ । खासगरी नेतृ तोसिमा कार्कीले पार्टी रिफर्मेसनको बहस सतहमा ल्याएकी हुन् । कार्कीले पार्टीको नेतृत्व रिफर्मेसन गर्ने बहस चलाएपछि बालेनको समर्थनमा कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउने चर्चा चुलिएको थियो । रविले सभापति छाड्न माने घिसिङलाई सभापति बनाएर जाने विषयमा रास्वपाको एउटा ठूलो तप्का सहमत पनि थियो ।

तर रविले सभापति छाड्न नमानेपछि रास्वपा रिफर्मेकसनको प्रोसेस नै भाँडिएको छ । यतिसम्म कि धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल र जेन–जी प्रतिनिधि सुदन गुरुङलाई समेत समेटेर रास्वपालाई बृहत पार्टी बनाउनेबारे पटक–पटक छलफल भएको थियो । झण्डै तीन हप्तादेखि विभिन्न चरणमा निरन्तर छलफल भए पनि पार्टी प्रमुख को बन्ने भन्ने विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अलमलमा परेको हो ।

आगामी फागुन २१ गतेको लागि तय भएको चुनावका लागि नयाँ दल नखोल्ने, बरु रास्वपामै मिसिएर लड्न उनीहरु सबै सहमत भइसकेका थिए । रवि लामिछाने नभए रास्वपा नचल्ने कुरामा उनीहरु सहमत नै छन् ।

त्यसैले रविलाई पार्टीमा सम्मानजनक सहभागिता गराउन पनि उनीहरू तयार छन् । तर, रास्वपा सभापति लामिछानेमाथि मुद्दा चलेकोले मुद्दा किनारा नलागेसम्म कार्यकारी भूमिकामा नबस्न उनीहरूले आग्रह गरेका छन् । उनीहरुको आग्रहलाई रविले भने मानेका छैनन् । रविलाई संरक्षक वा सर्वोच्च नेता बस्न आग्रह गरिएको बुझिएको छ । तर, कार्यकारी भूमिका छाड्न रवि तयार भएका छैनन् ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा रवि एक वर्षदेखि कारागारमा छन् । सबैलाई समेट्नको लागि रविलाई केही समय कार्यकारी जिम्मेवारीमा नरहँदा राम्रो हुन्छ भनेर बालेनका सहयोगी कुमार बेनदेखि हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ लगायतले सुझाव दिएका छन् ।

बालेन निकट उनीहरूले उर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन प्रस्ताव पनि गरिसकेका छन् । त्यसो हुँदा पार्टी सर्वस्वीकार्य बन्ने र नेतृत्वमा कुनै समस्या नहुँदा चुनावमा आरामदायी बहुमत ल्याउन सकिने उनीहरूको बुझाइ छ रास्वपा छोडेर बसेकी सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत, केही कलाकारहरू पनि रवि कार्यकारी भूमिकामा नरहे यही पार्टीबाटै चुनाव लड्न सकिने पक्षमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन

गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने

खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव, ४२ दिनका लागि…

काठमाडौं । खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम

बिजुली काटेर उद्योग बन्द गराएपछि सरकारलाई चावी बुझाउँदै उद्योगी, उत्पादन…

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि निजी क्षेत्रमा

तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६…

काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले

विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ले देश भुङ्ग्रोमा गएको दुर्गा प्रसाईको दाबी

दुर्गा प्रसाईले देशलाई कमजोर बनाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो

काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता

Techie IT