Techie IT
Monday, December 8, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति

रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति

विस्तारित बैठकमा भोटिङमार्फत निर्णय गर्न चु्नौती


काठमाडौं । रास्वपाको सचिवालय विस्ताप्रति नेतृ तोषिमा कार्कीले गम्भीर आपत्ति जनाएकी छिन् । दुई सातापछि पार्टीको विस्तारित बैठक बस्न लागे पनि अहिले हतार–हतार सचिवालय विस्तार गर्नु गलत भएको उनको ठहर छ । पार्टीमा रिफर्मेसन बहस चलिरहेका बेला मनलाग्दी सचिवालय विस्तार गरेर नेतृत्वले गल्ती उनको भनाइ छ ।

अहिलेको कार्यकारी नेतृत्व परिवर्तन हुनैपर्ने अडान लिइरहेकी तोषिमाले भनेकी छिन्, ‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो । त्यसैको लागि विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होईन।

कार्यकारी नेतृत्व परिवर्तन हो, पनर्गठन हो। फेरि पनि भन्दैछु– हामी थप लोकतान्त्रीक हुन जरुरी छ। कार्यशैलि सच्याउन जरुरी छ। पार्टीका गतिविधिहरुमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ। पुनः दोहोर्याउँछु, विस्तारीत बैठकमा पार्टीको सङ्गठनको बृहत सहभागिता र भोटिङ राइटको सुनिश्चित गरियोस् भनि माग गर्दछु।

भोटिङ राइट नदिने भए देश भरीबाट चितवन सम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन।’ रास्वपाले शबिार सचिवालय विस्तार गरेको हो । पार्टी विधानको धारा २६ अनुसार भन्दै सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।

सभापतिको सिफारिसमा गरिएको यो निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत गरिएको थियो। नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधिसभाका सदस्य हुन् । रास्वपाको विधान अनुसार पार्टी सचिवालयमा अधिकतम २५ जना सदस्य रहन सक्ने प्रावधान छ। त्यसैको आधारमा सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ ।

यसअघि रास्वपामा १० जना सचिवालय सदस्य मात्र थिए । नयाँ चार सदस्य थपिएपछि अहिले सचिवालयको संख्या १४ पुगेको छ । यसरी विस्तार बैठकको केही साताअघि मात्रै सचिवालय सदस्य थपिएपछि तोषिमाले आपत्ति जनाएकी हुन् ।

पछिल्लो समय तोषिमा रास्वपाको केन्द्रीय नेतृत्वसँग असन्तुष्ट छिन् । र उनले निरन्तर पार्टी पुनर्गठनको माग गरिरहेकी छिन् । कतिपयले भने तोषिमाले सुमना श्रेष्ठसँग मिलेर पार्टीलाई अप्ठेरोमा पार्न खोजेको आरोप पनि लगाइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द

काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा

अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको

शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने

काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

Techie IT