Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति

रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति

विस्तारित बैठकमा भोटिङमार्फत निर्णय गर्न चु्नौती


काठमाडौं । रास्वपाको सचिवालय विस्ताप्रति नेतृ तोषिमा कार्कीले गम्भीर आपत्ति जनाएकी छिन् । दुई सातापछि पार्टीको विस्तारित बैठक बस्न लागे पनि अहिले हतार–हतार सचिवालय विस्तार गर्नु गलत भएको उनको ठहर छ । पार्टीमा रिफर्मेसन बहस चलिरहेका बेला मनलाग्दी सचिवालय विस्तार गरेर नेतृत्वले गल्ती उनको भनाइ छ ।

अहिलेको कार्यकारी नेतृत्व परिवर्तन हुनैपर्ने अडान लिइरहेकी तोषिमाले भनेकी छिन्, ‘पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको थियो । त्यसैको लागि विस्तारित बैठक तोकिएको थियो। महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागी २ हप्तामा हुन लागेको बिस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होईन।

कार्यकारी नेतृत्व परिवर्तन हो, पनर्गठन हो। फेरि पनि भन्दैछु– हामी थप लोकतान्त्रीक हुन जरुरी छ। कार्यशैलि सच्याउन जरुरी छ। पार्टीका गतिविधिहरुमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नुपर्छ। पुनः दोहोर्याउँछु, विस्तारीत बैठकमा पार्टीको सङ्गठनको बृहत सहभागिता र भोटिङ राइटको सुनिश्चित गरियोस् भनि माग गर्दछु।

भोटिङ राइट नदिने भए देश भरीबाट चितवन सम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन।’ रास्वपाले शबिार सचिवालय विस्तार गरेको हो । पार्टी विधानको धारा २६ अनुसार भन्दै सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।

सभापतिको सिफारिसमा गरिएको यो निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत गरिएको थियो। नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधिसभाका सदस्य हुन् । रास्वपाको विधान अनुसार पार्टी सचिवालयमा अधिकतम २५ जना सदस्य रहन सक्ने प्रावधान छ। त्यसैको आधारमा सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ ।

यसअघि रास्वपामा १० जना सचिवालय सदस्य मात्र थिए । नयाँ चार सदस्य थपिएपछि अहिले सचिवालयको संख्या १४ पुगेको छ । यसरी विस्तार बैठकको केही साताअघि मात्रै सचिवालय सदस्य थपिएपछि तोषिमाले आपत्ति जनाएकी हुन् ।

पछिल्लो समय तोषिमा रास्वपाको केन्द्रीय नेतृत्वसँग असन्तुष्ट छिन् । र उनले निरन्तर पार्टी पुनर्गठनको माग गरिरहेकी छिन् । कतिपयले भने तोषिमाले सुमना श्रेष्ठसँग मिलेर पार्टीलाई अप्ठेरोमा पार्न खोजेको आरोप पनि लगाइरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT