Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष

जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष

तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता नै शंकास्पद


काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड ९टिओबी०को मुख्य भूमिका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो । प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू रेडिओ सेटसहित आन्दोलनमा सहभागी भएका थिए । सोही रेडियो सेटमार्फत उनीहरूले बाइकमा सहभागी युवालाई निर्देशन दिन्थे । आन्दोलनमा रेडियो सेटसहित सहभागी हुनु अनौठो विषय रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ । नागरिकस्तरबाट प्राप्त भएका भिडियो र फोटोलाई पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ । यसक्रममा प्रहरीले नागरिकस्तरबाट ३६ हजारभन्दा धेरै फोटो र भिडियो संकलन गरेको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी हुनेहरूको मुभमेन्ट र गतिविधि अध्ययन गर्न प्रहरीले सोही भिडियो र फोटोलाई आधार बनाएको छ ।

प्रहरीलाई प्राप्त भिडियोअनुसार टिओबी समूह २३ भदौमा करिब १२ः३० बजे बिजुलीबजारस्थित आर्कब्रिजबाट बाइक हुइँक्याउँदै आन्दोलनमा सहभागी भएको देखिन्छ । अनामनगरतर्फबाट आएका उनीहरूले टिओबीअंकित कालो रङको हाफ टिसर्ट र हाफ ज्याकेट लगाएको देखिन्छ । बाइक हुइँक्याउँदै आएका उनीहरू आन्दोलनमा मिसिएपछि नयाँ बानेश्वरतर्फ अघि बढेको देखिन्छ ।

त्यसअघिसम्म लगभग शान्त जेन–जी प्रदर्शनमा उनीहरु सहभागी हुनेबित्तिकै अराजक ह्ुन थाल्छ । नयाँ बानेश्वर पुगेपछि उनीहरूले भिडलाई भड्काउने गरी अभिव्यक्ति दिएको पनि देखिन्छ । प्रहरीका अनुसार टिओबीअंकित हाफ टिसर्ट र ज्याकेटमा मात्रै १५० भन्दा धेरै युवा सहभागी थिए । विशेषगरी बौद्ध, गौशाला, नयाँ बानेश्वरलगायत क्षेत्रमा २४ भदौको प्रदर्शनमा उनीहरू सहभागी देखिएको प्रहरीको भनाइ छ ।

आगजनी, तोडफोड र लुटपाट खुल्ने खालको ठोस प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । प्रहरीका अनुसार आन्दोलनका दिन उनीहरूको लोकेसन पनि प्रहरीले ट्रयाकिङ गरिरहेको छ । आन्दोलनको समय, त्यसअघि र त्यसपछि उनीहरूले गरेका टेलिफोन संवाद, एसएमएस, सामाजिक सञ्जालमा गरिएका अन्तरक्रियासमेत प्रहरीले अध्ययन गरिरहेको छ ।

उनीहरू र हामी नेपाल संस्थाका सञ्चालक सुदन गुरुङबिच स्थापित हुने खालको प्रमाण भने हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ गरेको टिओबी समूहका तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता प्रमाणपत्रसमेत शंकास्पद देखिएको छ । नागरिकता प्रमाणपत्रमा उनको जन्ममिति २१ माघ ०५३ उल्लेख छ ।

काठमाडौं महानगरपालिका– ६ जन्मस्थान उल्लेखित प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको थियो । उनको जन्मदर्ता प्रमाणपत्र भने १० चैत ०६३ मा गरिएको थियो । नागरिकता प्रमाणपत्रमा नेपाल सरकारको छापा लगाइएको देखिएको छ भने जन्मदर्ता प्रमाणपत्रमा ‘श्री ५ को सरकार’ को छापा लगाइएको देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT