Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन जी आन्दोलनमा फ्रि तिब्बतवालाले बबाल गरेको पुष्टि, एआइ भिडिओ भन्दै विषयान्तर गर्ने प्रयास असफल

जेन जी आन्दोलनमा फ्रि तिब्बतवालाले बबाल गरेको पुष्टि, एआइ भिडिओ भन्दै विषयान्तर गर्ने प्रयास असफल


काठमाडौं । अहिले सामाजिक सञ्जालभर जेन जी आन्दोलनमा टीओबी लेखिएको टीसर्ट लगाएका युवाको उपस्थिति र उनीहरुले लगाएको नाराको चर्चा छ । आन्दोलनको बीचमा साइलेन्सर बजाउँदै कालो टीसर्टमा पहेंलो रंगमा टीओबी लेखिएको टिसर्ट सार्वजनिक भएसँगै यसबारे अनेक टिकाटिप्पणी भइरहेका छन् ।

कतिपयले टिओबीको अर्थ तिब्बेतियन ओरिजिनल ब्लड अर्थात तिब्बती मूलका नागरिक भनेर बजार पिटे । खासगरी जेन आन्दोलनको विपक्षमा रहेकाहरुले उक्त टिसर्ट लगाएका मानिसहरुका बारे अनेक नकारात्मक टिप्पणी गरे, गरिरहेका छन् । तर, जेन जी आन्दोलनलाई ठूलो उपलब्धी मान्नेहरुले टीओवीको अर्थ अरु नै भएको भन्दै तर्क गरिरहेका छन् ।

कतिपयले मोटरसाइकल राइडरको संकठन भएको पनि बताइरहेका छन् । कतिपयले त उक्त भिडिओ नै एआइले बनाएको भनेर समेत जिकिर गरिरहेका छन् । तर आन्दोलनमा देखिएका युवाले लगाएको उक्त टिसर्टको माथि टिओबी लेखिएपनि त्यसको तल प्रष्ट भाषामा तिब्बेतियन ओरिजिनल ब्लड भनेर लेखिएको छ । त्यसैले आन्दोलनमा फ्रि तिब्बेतको नारा लगाउनेहरुको पनि उपस्थिति भएको प्रष्टै हुन्छ ।

यसबाट पनि बुझ्न सकिन्छ कि, नेपालका जेन जीले इमानदार नियतका भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दविरुद्ध गरेको आन्दोलनलाई धेरै खाले मान्छेहरुले प्रयोग गरे, गरिरहेका छन् । हुन त अहिलेको सरकारलाई नै एनजिओले बनाएको वा चलाएको भन्ने आरोप छ । जुन आरोपलाई यस्ता घटना र दृश्यहरुले झन् पुष्टि गर्छन् ।

खासगरी जेन जी आन्दोलनलाई नै एन्टी चाइना मुभमेन्टका रुपमा पनि हेरिएको छ । आन्दोलनमा फ्री तिब्बेतवालाको सक्रिय उपस्थिति देखिनु, अमेरिकी युथ काउन्सिलका सदस्यहरुको नियोजित सहभागिता हुनु, बारबरा फाउन्डेसका अधिकांश सदस्य मन्त्री हुनु, मन्त्री बनाउन लागिएकी टासी पनि तिब्बती मूलकी नागरिक भएको आरोप लाग्नु र उनी अमेरिकी युथ काउन्सिलकी सदस्य भएको प्रमाणित हुनु जस्ता कुराले जेन जी आन्दोलनलाई चीनविरोधी गतिविधिका रुपमा हेरिएको हो ।

त्यतिमात्रै होइन, प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियक्त गरेकी पत्रकार अजयभद्र खनाल पनि अमेरिकी परियोजनामै काम गर्ने मान्छे हुन् । यससँगै फ्री तिब्बतका नेता दलाइ लामाले नै सबैभन्दा पहिला सुशीला कार्कीलाई प्रधानमन्त्री भएकोमा बधाइ दिनुले पनि घटनालाई शंकास्पद बनाएको छ । प्रष्ट छ कि, यसअघि दलाइ लामाले नेपालका कुनै पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाइ दिँदैनथे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT