Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकेपी ओलीले चलाएका सामाजिक सञ्जालमा ह्याण्डिल नचलाउने प्रधानमन्त्री सुशीला कार्कीको अडान, खोलिए नयाँ अकाउन्ट

केपी ओलीले चलाएका सामाजिक सञ्जालमा ह्याण्डिल नचलाउने प्रधानमन्त्री सुशीला कार्कीको अडान, खोलिए नयाँ अकाउन्ट


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमा नयाँ अकाउण्ट चलाउन थालेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी विज्ञप्तिका अनुसार उनले फेसबुक, एक्स र इन्टाग्राममा नयाँ अकाउण्ट चलाउन थालेकी हुन् ।

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति प्रकाशित गरी उनको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट समेत सार्वजनिक गरेको हो । जसमा एक्समा पीएम सुशीला कार्की, फेसबुकमा पीएम सुशीला कार्की र इन्स्टाग्राममा पीएम डट सुशीला डट कार्की खोलिएको जनाइएको छ।

यसअघिका प्रधानमन्त्रीले ‘पीएमओ नेपाल’नामक फेसबुक र एक्स अकाउन्ट प्रयोग गर्दै आएका थिए । तर प्रधानमन्त्री कार्कीले आफ्नो छुट्टै अकाउण्ट सञ्चालनमा ल्याएकी हुन् । यस विषयमा सामाजिक सञ्जालमै प्रश्नहरु पनि उठिरहेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT