Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रतोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा

तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा


काठमाडौं । पछिल्लो समय रास्वपामाथि एकपछि अर्को बज्रपात परिरहेको छ । प्रभावशाली नेतृ सुमना श्रेष्ठसँगै तीन केन्द्रीय सदस्यले पार्टी छाडेको महिना दिन नबित्दै अर्की नेतृ तोषिमा कार्कीले पनि विद्रोहको धम्की दिएकी छिन् । कार्कीले कूटनीतिक पारा विद्रोहको धम्की मात्रै दिएकी छैनन्, पार्टीको नेतृत्व आफूले गर्नसक्ने भन्दै अहिलेको नेतृत्वलाई चुनौतीसमेत दिएकी छिन् ।

उनले हिम्मत भए विशेष महाधिवेशन गर्नसमेत चुनौती दिएकी छिन् । पार्टीभित्र आफूले फरक मत राख्दा संस्थापन समूहले थर्काएको भन्दै उनले गुनासो पनि गरेकी छिन् । उनले भनेकी छन्– ‘खबरदार १ पार्टीलाई थप सुदृढ बनाऔं, सफल बनाऔं, समय सापेक्षिक रूपान्तरण गरौं भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा न्भत इगत (गेट आउट) भनेर द्यगििथ (बुली) गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् ।

कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेस गरिएको पत्रको चार बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पंक्तिमा भ्रम छर्न खोज्नेरु हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर – लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग।

यही आन्दोलनमै पनि प्रहरीको गोलीबीच हिँडेको मान्छे हो। तिमीहरूको प्रोपागान्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदैन। तिमीहरूले जति नै बुली र मिडिया ट्रायल गरे पनि राजनीतिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पंक्ति छोडेर पनि भाग्दैन। देश बनाउन हिँडेको योद्धा हो। लड्छु।’ यसरी तोसिमाले पोखेको आक्रोशले रास्वपाभित्र गर्माएको दुई लाइन संघर्षलाई प्रष्ट पार्छ ।

हुन रास्वपा कुनै विचारको जगमा निर्माण भएको पार्टी होइन । कुनै व्यक्तिको लोकप्रियताको आधारमा निर्माण भएको र झाङ्गिएको पार्टीले लामो दूरीको यात्रा गर्न नसक्ने त प्रष्ट छ नै १ तर, यतिछिट्टै यो तहको विग्रह आउनु रास्वपालाई दुखद सत्य हो । कुनै बेला अस्वभाविक लोकप्रियताको उचाइमा पुगेको रास्वपाको ओरालो यात्रा भने भदौ २४ गतेको जेलब्रेकपछि हो ।

अहिले देशभरका जेलब्रेकको आरोप खेपिरहेको रास्वपाले जनताको चित्त बुझ्ने गरी जवाफ दिन सकेको छैन । त्यसकै कारण भदौ २४ यतामात्रै दर्जभन्दा बढी नेताहरुले रास्वपा छाडिसकेका छन् । र, अझै थुप्रै पार्टी छाड्ने लाइनमा रहेको बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT