Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपालाई धक्कामाथि धक्काः लामो समयदेखि भाडा नपाएपछि घरभेटीले पार्टी कार्यालय हटाउन दिए तीन महिने अल्टिमेटम

रास्वपालाई धक्कामाथि धक्काः लामो समयदेखि भाडा नपाएपछि घरभेटीले पार्टी कार्यालय हटाउन दिए तीन महिने अल्टिमेटम

केन्द्रीय सदस्य अधिकारीले पनि दिए राजीनामा


काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकपछि अर्को धक्का लागि रहेको छ । खासगरी जेन्जी आन्दोलमा पार्टी सभापति रवि लामिकछानेले जेलब्रेक गरेपछि रास्वपाको ओरालो यात्रा सुरु भएको हो । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं अहिले त पार्टी कार्यालय राखेको घरका घरबेटीले समेत रास्वपालाई छाडेर जान अल्टिमेटम दिएका छन् ।

रास्वपाको केन्द्रीय कार्यालय रहेको भवन घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र खाली गरिदिन आग्रह गरेका हुन् । देवकोटाले १० महिनाको भाडावापतको रकम र पार्टीलाई सापट दिएको ठूलो रकम नपाएको बताएका छन् । यससँगै सुरक्षाको कारणले पनि घर छोड्न भनिएको देवकोटाको भनाइ छ । अमेरिकामा रहेका देवकोटाले रास्वपाले घर छाड्न अल्टिमेटम दिएका हुन् ।

देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा दिने सहमति बनेको थियो । रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरेका छन् ।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए । यससँगै रास्वपालाई अर्को पनि धक्का लागेको छ । रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पनि पदबाट राजीनामा दिएका छन् ।

पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् । जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिइसकेका छन् । त्यस्तै रास्वपाका नेता अनिलकेशरी साह पनि पार्टी छाडिसकेका छन् । यससँगै पछिल्लो समय रास्वपाका थुप्रै नेताहरु विभिन्न अभियोगमा पक्राउ परिरहेका छन् ।

चितवनका एक नेता नक्कली कागज कीर्तेमा पक्राउ परेका छन् भने नेता अरनिको पाण्डेलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । यसअघि महामन्त्री मुकुल ढकालले नै पार्टी छाडिसकेका छन् । पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT