Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपालाई धक्कामाथि धक्काः लामो समयदेखि भाडा नपाएपछि घरभेटीले पार्टी कार्यालय हटाउन दिए तीन महिने अल्टिमेटम

रास्वपालाई धक्कामाथि धक्काः लामो समयदेखि भाडा नपाएपछि घरभेटीले पार्टी कार्यालय हटाउन दिए तीन महिने अल्टिमेटम

केन्द्रीय सदस्य अधिकारीले पनि दिए राजीनामा


काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकपछि अर्को धक्का लागि रहेको छ । खासगरी जेन्जी आन्दोलमा पार्टी सभापति रवि लामिकछानेले जेलब्रेक गरेपछि रास्वपाको ओरालो यात्रा सुरु भएको हो । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं अहिले त पार्टी कार्यालय राखेको घरका घरबेटीले समेत रास्वपालाई छाडेर जान अल्टिमेटम दिएका छन् ।

रास्वपाको केन्द्रीय कार्यालय रहेको भवन घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र खाली गरिदिन आग्रह गरेका हुन् । देवकोटाले १० महिनाको भाडावापतको रकम र पार्टीलाई सापट दिएको ठूलो रकम नपाएको बताएका छन् । यससँगै सुरक्षाको कारणले पनि घर छोड्न भनिएको देवकोटाको भनाइ छ । अमेरिकामा रहेका देवकोटाले रास्वपाले घर छाड्न अल्टिमेटम दिएका हुन् ।

देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा दिने सहमति बनेको थियो । रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरेका छन् ।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए । यससँगै रास्वपालाई अर्को पनि धक्का लागेको छ । रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पनि पदबाट राजीनामा दिएका छन् ।

पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् । जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिइसकेका छन् । त्यस्तै रास्वपाका नेता अनिलकेशरी साह पनि पार्टी छाडिसकेका छन् । यससँगै पछिल्लो समय रास्वपाका थुप्रै नेताहरु विभिन्न अभियोगमा पक्राउ परिरहेका छन् ।

चितवनका एक नेता नक्कली कागज कीर्तेमा पक्राउ परेका छन् भने नेता अरनिको पाण्डेलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । यसअघि महामन्त्री मुकुल ढकालले नै पार्टी छाडिसकेका छन् । पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT