Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअन्ततः एकढिक्का भयो रास्वपा, सभापतिमा रवि लामिछानेको विकल्प नखोजिने

अन्ततः एकढिक्का भयो रास्वपा, सभापतिमा रवि लामिछानेको विकल्प नखोजिने


काठमाडौं । जेन जी आन्दोलनपछि रास्वपामा विग्रह आउन लागेको हल्लाले बजार पिटेको थियो । यतिसम्म कि, मंगलबारदेखिको पार्टीको केन्द्रीय समिति बैठकमा तीन वटा प्रदेशका सभापतिले नै सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने बताएको भन्ने समाचार सार्वजनिक भएका थिए । तर ती सब हल्लाहरु झुटो सावित भएको छ ।

किनकि, राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रदेश सभापतिहरूले केन्द्रीय सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताएका छन् । बैठकमा पाँच प्रदेशका सभापतिहरुले लामिछानेकै नेतृत्वमा रास्वपा आगामी निर्वाचनमा होमिनुपर्ने धारणा पनि राखेका हुन् । उनीहरूले अघिल्लो सरकारले सभापति लामिछानेमाथि प्रतिशोध साधेर झुटा मुद्दा लगाएको भन्दै छिटो किनारा गरिदिन नयाँ सरकारसँग माग पनि गरेका छन् ।

बागमती प्रदेश सभापति डा। अच्युतम लामिछानेले पार्टीको नेतृत्वको विकल्पमा कल्पनासमेत गर्न नसकिने बताएका हुन् । त्यस्तै मधेश प्रदेश इन्चार्ज इन्जिनियर तपेश्वर यादवले सभापति लामिछानेको विकल्प कोही हुन नसक्ने बताए । कोशी प्रदेश सभापति सरिन तामाङले पनि जेन–जी पुस्ताले उठाएको भ्रष्टाचारको मुद्दा रवि लामिछाने सञ्चार क्षेत्रमा हुँदै उठाएको तर्क गरे ।

लुम्बिनी प्रदेश सभापति देवराज पाठकले रास्वपा उन्नत लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेतृत्वबारे छलफल हुनु स्वभाविक भएको तर अहिले रवि लामिछानेको विकल्प खोज्ने अवस्था नभएको बताए । त्यस्तै सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले पनि सभापति लामिछानेको विकल्प नभएको बताए ।

वैठकपछि पत्रकार सम्मेलनमा पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको विषयमा उठेका प्रश्नहरुको बारेमा पनि प्रस्टीकरण दिइन् । उनले कारागार प्रशासनले सुरक्षा दिन सक्दैनौँ भनेर पटक–पटक भनेपछि सभापति लामिछाने कागज गरेर छुटेको र स्थिति सामान्य भएपछि फर्किएको बताइन् ।

यसअघि रास्वपामा नेतृत्वको विषयलाई लिएर निकै मतभेद रहेको चर्चा हुँदै आएको थियो । पार्टीकी पूर्वसहमहामन्त्री एवम् पूर्वसांसद सुमना श्रेष्ठ रास्वपा छाडेसँगै रास्वपामा विग्रह आउनसक्ने अनुमान गरिएको थियो । यसअघि केन्द्रीय सदस्य तोषिमा कार्कीले पनि पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएकी थिइन् ।

  1. जे होस्, जारी केन्द्रीय कमिटी बैठकबाट रास्वपाले आन्तरिक एकता दह्रो भएको र पार्टी नेतृत्वमा रवि लामिछानेको विकल्प नभएको सन्देश दिएको छ । यद्यपि, रवि लामिछानेकै कारण २४ गते जेल ब्रेक भएको र देशका हज्जारौं कैदी फारार भएको आरोपलाई भने रास्वपाले अझै डिफेन्स गर्न सकेको छैन ।





तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT