Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअन्ततः एकढिक्का भयो रास्वपा, सभापतिमा रवि लामिछानेको विकल्प नखोजिने

अन्ततः एकढिक्का भयो रास्वपा, सभापतिमा रवि लामिछानेको विकल्प नखोजिने


काठमाडौं । जेन जी आन्दोलनपछि रास्वपामा विग्रह आउन लागेको हल्लाले बजार पिटेको थियो । यतिसम्म कि, मंगलबारदेखिको पार्टीको केन्द्रीय समिति बैठकमा तीन वटा प्रदेशका सभापतिले नै सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने बताएको भन्ने समाचार सार्वजनिक भएका थिए । तर ती सब हल्लाहरु झुटो सावित भएको छ ।

किनकि, राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रदेश सभापतिहरूले केन्द्रीय सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताएका छन् । बैठकमा पाँच प्रदेशका सभापतिहरुले लामिछानेकै नेतृत्वमा रास्वपा आगामी निर्वाचनमा होमिनुपर्ने धारणा पनि राखेका हुन् । उनीहरूले अघिल्लो सरकारले सभापति लामिछानेमाथि प्रतिशोध साधेर झुटा मुद्दा लगाएको भन्दै छिटो किनारा गरिदिन नयाँ सरकारसँग माग पनि गरेका छन् ।

बागमती प्रदेश सभापति डा। अच्युतम लामिछानेले पार्टीको नेतृत्वको विकल्पमा कल्पनासमेत गर्न नसकिने बताएका हुन् । त्यस्तै मधेश प्रदेश इन्चार्ज इन्जिनियर तपेश्वर यादवले सभापति लामिछानेको विकल्प कोही हुन नसक्ने बताए । कोशी प्रदेश सभापति सरिन तामाङले पनि जेन–जी पुस्ताले उठाएको भ्रष्टाचारको मुद्दा रवि लामिछाने सञ्चार क्षेत्रमा हुँदै उठाएको तर्क गरे ।

लुम्बिनी प्रदेश सभापति देवराज पाठकले रास्वपा उन्नत लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेतृत्वबारे छलफल हुनु स्वभाविक भएको तर अहिले रवि लामिछानेको विकल्प खोज्ने अवस्था नभएको बताए । त्यस्तै सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले पनि सभापति लामिछानेको विकल्प नभएको बताए ।

वैठकपछि पत्रकार सम्मेलनमा पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको विषयमा उठेका प्रश्नहरुको बारेमा पनि प्रस्टीकरण दिइन् । उनले कारागार प्रशासनले सुरक्षा दिन सक्दैनौँ भनेर पटक–पटक भनेपछि सभापति लामिछाने कागज गरेर छुटेको र स्थिति सामान्य भएपछि फर्किएको बताइन् ।

यसअघि रास्वपामा नेतृत्वको विषयलाई लिएर निकै मतभेद रहेको चर्चा हुँदै आएको थियो । पार्टीकी पूर्वसहमहामन्त्री एवम् पूर्वसांसद सुमना श्रेष्ठ रास्वपा छाडेसँगै रास्वपामा विग्रह आउनसक्ने अनुमान गरिएको थियो । यसअघि केन्द्रीय सदस्य तोषिमा कार्कीले पनि पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएकी थिइन् ।

  1. जे होस्, जारी केन्द्रीय कमिटी बैठकबाट रास्वपाले आन्तरिक एकता दह्रो भएको र पार्टी नेतृत्वमा रवि लामिछानेको विकल्प नभएको सन्देश दिएको छ । यद्यपि, रवि लामिछानेकै कारण २४ गते जेल ब्रेक भएको र देशका हज्जारौं कैदी फारार भएको आरोपलाई भने रास्वपाले अझै डिफेन्स गर्न सकेको छैन ।





तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT