Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रघर जलेका पूर्वप्रधानमन्त्रीसँगै नेताहरुको विजोग

घर जलेका पूर्वप्रधानमन्त्रीसँगै नेताहरुको विजोग

नागरिकले कोठा भाडामा दिनसमेत गरे आनाकानी, पुगे आफन्तको शरणमा


काठमाडौं । वर्षौदेखि राजनीतिमा जमेका देशका पूर्वप्रधानमन्त्रीसँगै थुप्रै नेताहरुको अहिले विजोग भएको छ । जेन जी आन्दोलनका क्रममा घर जलेपछि अहिले उनीहरु आफन्तको शरणमा पुगेका छन् । नागरिकले कोठ भाडामा दिनसमेत आनाकानी गरेपछि उनीहरु आफन्तको शरणमा पुगेका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अहिलेपनि सेनाको सुरक्षा घेरामा छन् । कांग्रेस सभापति देउवा दम्पत्ति उपचारार्थ छन् । प्रचण्ड, बाबुराम, माधव र झलनाथ भने आफन्तको घरमा बस्न बाध्य छन् । आफ्ना घर जलेर खरानी बनेपछि शिर्ष नेताका अलवा अन्य पुर्वमन्त्री तथा उच्चपदस्थहरु पनि सडकमै पुगेका छन् ।

एमालेमा पृथ्वी सुब्बा गुरुङ्ग, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णुप्रसाद पौडेल, पदम गिरी, सुरेन्द्र पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, रघुवीर महासेठ, योगेश भट्टराई, गोर्कण विष्ट, सूर्य थापा, कोमल ओली सहितका नेताहरु डेराको खोजीमा छन् । त्यस्तै कांग्रेसमा पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, दिपक खड्का, रमेश लेखक, विनोद चौधरी सम्मका नेता डेरा सर्न बाध्य हुँदा माओवादीमा प्रचण्डपुत्री गंगा दाहाल, नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, माधव सापकोटा (सुवोध), रामनारायण बिडारीको समेत उही हाल छ ।

यतिका नेताहरु घरविहिन बनेर डेरा सार्नुपर्ने अवस्था सिर्जना भएपनि नेताहले अझै चेतेका छैनन् । उनीहरु अझै उहीं पुरानै रवाफमा उठ्ने दाबी गरिरहेका छन् । यद्यपी, केही नेताले भने आत्मालोचना पनि गरिरहेका छन् । आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिसँगै व्यपारिक कम्प्लेक्सहरु जल्नु निकै दुखद क्ुरा हो । नेताहरुकै पनि घर जल्नु राम्रो कुरा होइन । नेता भन्नेवित्तिकै सबै खराबै हुन्छन् भन्ने पनि होइन ।

तर विगतदेखिको रवैयाका कारण नागरिकको निसानामा नेताहरु परेका छन् । त्यसैले त नेताहरुको घर जल्दासमेत उनीहरुले सहानुभूति पाउन सकेका छैन् । त्यसैले अब अरुलाई दोष दिएर भन्दा पनि आत्माआलोचना गर्दै नेताहरु सुध्रुनको विकल्प छैन । अब नेताहरु आफू सच्चिने मात्रै होइन, आफूसम्बद्ध दललाई पनि सुधार्नतर्फ लाग्नुपर्छ । दलभित्रको नेतृत्व छनोट प्रक्रियालाई चु्स्त युवामैत्री बनाउनति लाग्नुपर्दछ । नत्र फेरि पनि जनआक्रोशको निसानामा नेताहरु नपर्लान् भन्न सकिन्न ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT