Techie IT
Tuesday, November 4, 2025 | मंगलबार, कात्तिक १८, २०८२
२०८२ कात्तिक १८, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनको दलमा गणेश कार्कीदेखि अनिलकेशरीसम्मको चर्चा

बालेनको दलमा गणेश कार्कीदेखि अनिलकेशरीसम्मको चर्चा

रास्वपामाथि थपियो चुनौती, पुराना दल तनावमा


काठमाडौं । अहिले राजनीतिक वृत्तमा काठमाडौं महानगरका मेयर बालेन साहले नयाँ दल खोल्ने कुरा निकै चर्चामा छ । हुनतः बालेनले दल खोल्ने चर्चा नयाँ होइन । तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै बालेनले दल खोल्ने कुराले धेरैको ध्यान खिचेको छ ।

जेन जी आन्दोलनकै बलमा बनेको अहिलेको अन्तरिम सरकारले फागुन २१ गते संसदको चुनाव गर्ने भनेको छ । फागुनमा चुनाव गर्ने कुरा आफैंमा निकै चुनौतीपूर्ण छ । यतिसम्म कि, चुनावअघि नै पुरानै प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना पनि कमजोर छैन । तर, जे होस् अब राजनीतिक दलहरु चुनाव हुन्छ भनेर नै मैदानमा होमिनुपर्ने अवस्थामा छन् ।

अहिलेकै अवस्थामा चुनाव हुँदा पुराना दललाई खुलेर मैदानमा उत्रन समेत सकस हुने अवस्था छ । नयाँ भनिएको रास्वपा पनि आफैंभित्रको किचलो र गल्तीमाथि गल्तीले थिचिएर थिलथिलो भएको छ । यसैबीच बालेनको नयाँ दल दर्ताको हल्लाले बजार पिटेको हो । बालेनले खोल्ने भनिएको नयाँ दल प्रजातान्त्रिक मूल्य मान्यता राख्ने खालको हुने बुझिएको छ ।

र, अहिले उक्त पार्टीको नेतृत्व पनि बालेनले नगरेर अरु कसैले गर्ने सम्भावना प्रबल छ । बुझिएअनुसार अझै पनि बालेन फ्रन्टलाइनमा नआएर अर्थात पर्दाभित्रै बसेर खेल खेल्ने मुडमा देखिन्छन् । दलको नेतृत्वको नगरे पनि उनले त्यहीं दलबाट चुनाव लड्ने सम्भावना छ । तर, त्यतिबेला प्रत्यक्ष कार्यकारीका लागि चुनाव हुने होइन ।

सांसद जितेर प्रधानमन्त्री हुने खेल खेल्नुपर्ने हुँदा बालेन त्यो खेलबाट पन्छने सम्भावना पनि छ । अहिले नै अध्यादेशबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका लागि चुनाव लड्ने चाहना भए पनि त्यो सम्भावना एकदमै कम रहेको बालेनले बुझेका छन् । र, अहिले बालेनले दल गठननै गर्दा उनको टिममा समेटिने मान्छेहरुको सूची पनि बढ्दै गएको छ ।

बुझिएअनुसार बालेनको पार्टीमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपाका पूर्वनेता एवम् बैंकर अनिलकेशरी साहलगायत सहभागी हुनेछन् । यसरी बालेनले अहिलेकै अवस्थामा दल खोलेर चुनावमा होमिए भने रास्वपालाई समेत निकै कठिन पर्ने देखिन्छ भने पुराना दल कुन हालतमा पुग्ने हुन् भनेर अनुमान गर्नसमेत कठिन छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि…

काठमाडौं । बालेनको समर्थनमा कुलमान घिसिङक नयाँ पार्टी खोल्ने निश्चित भएको छ । बालेन र कुलमान पनि रास्वपामै मिसिएर अघि

रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद…

पाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा

अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित

अटेन्सनका लागि बालेनले अपनाए पुरानै विधि, सात दिनपछि काठमाडौंमा डोजर…

काठमाडौं । पछिल्लो समय चौतर्फी विवादमा पर्न थालेपछि काठमाडौंका मेयर बालेन साहले अटेन्सनका लागि पुरानै विधि अपनाएका छन् । विवादलाई

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले…

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले

Techie IT