Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रवैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने

वैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने

सुशीला कार्की नेतृत्वको सरकारले मुद्दा फिर्ता लेला कि अदालतले नै मुद्दा जिताइदेला ?


काठमाडौं । भदौ २४ गते जालसाजीपूर्ण ढंगमा नख्खु जेलबाट निस्केका रास्वपा सभापति रवि लामिछाने फेरि जेलमै फर्कनु परेको छ । र, उनीको जेलमुक्तिको यात्रा निकै विवादित समेत बनेको छ । यससँगै उनले वैधानिकरुपमै जेलबाट निस्कने प्रयास पनि गरिरहेको बुझिएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोधका आधारमा रविलाई जेल हालिएको भनिएको थियो । रास्वपाले पनि त्यसै कुरालाई राजनीतिक नारा बनाएको थियो । तर अहिले परिस्थिति बदलिएको छ ।

अर्थात राजनीतिक दलको सरकार ढलेर नागरिक सरकार बनेको छ । त्यसैले यदि रविलाई राजीतिक प्रतिशोधको आधारमा मात्रै त्यतिबेलाको सरकारले मुद्दा चलाएको भए अहिलेको सरकारले मुद्दा फिर्ता लिनुपर्छ ।

यतिसम्म कि, नयाँ सरकार बनेसँगै महान्यायाधीवक्ता पनि नयाँ नियुक्त भइसकेकी छिन् । यो अवस्थामा सरकारी वकिलको कार्यालयले रविविरुद्ध जहाँ जहाँ मु्द्दा चलेको हो, त्यहाँ त्यहाँबाट मुद्दा फिर्ता लिने हो भने रवि जेलमुक्त हुने सम्भवना प्रबल छ ।

तर यदि अहिलेको सरकारले मुद्दा फिर्ता लिएन भने रविलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा जेल हालेको पुष्टि हुँदैन । त्यसैले रविको जेलमुक्ति मात्रै होइन, रास्वपाको राजनीतिक सफलताको लागि पनि सरकारले रविविरुद्धको मुद्दा फिर्ता लिनुपर्छ ।

रवि जेलमुक्त हुने अर्को आधार भनेको अदालतले नै उनलाई सफाइ दिनुपर्छ । तर यसअघि आफ्नो भागको बिगो तिरेर धरौटीमा छाड्न समेत नमानेको अदालतले नयाँ सरकार आउनेवित्तिकै फटाफट उनको पक्षमा फैसला गर्ने सम्भावना एकदमै कम हुन्छ ।

हुन त अहिले रवि लामिछाने जेलमा हुनु परेको सरकार वा कुनै सहकारी पीडितको उजुरीका कारण होइन । रवि आफैंले धरौटी रकम धेरै भयो भनेर उच्च अदालतमा रिट नहालेको भए अहिले रवि बाहिरै हुने थिए ।

तर, बढी बाठो भएर अदालतमा मुद्दा हाल्दा त्यसको ब्याकफायर भएर रवि अहिले जेलमै बसिरहनु परेको छ । र, रवि जेल बसाइँलाई नै राजनीतिको मूल नारा बनाइरहेको रास्वपा पनि यतिबेला अतिअप्ठेरोमा परेको छ । यतिसम्म कि, यहीं अप्ठेरोका कारण रास्वपा खिइँदै गएर चुनावसम्ममा सकिने त होइन ? भन्ने चिन्ता पनि बढ्न थालेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT