Techie IT
Wednesday, December 24, 2025 | बुधबार, पुस ९, २०८२
२०८२ पुस ९, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसुमना श्रेष्ठले गरिन् रास्वपा परित्याग

सुमना श्रेष्ठले गरिन् रास्वपा परित्याग


काठमाडौं । पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी प्रवृत्ति र आलोचकहरू विरुद्धको ‘मिडिया ट्रायल’को विरोधमा राजीनामा दिएको बताएकी छन्।

‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने अवस्था स्वीकार्य छैन’, उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल चलाइयो। जबदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै म आलोचना गर्दै आएकी थिएँ तर त्यसले कुनै प्रभाव पारेन।“

उनले पार्टीलाई खुलेर आक्रमण गर्न चाहनेहरूलाई सहज बनाउन आफूले बाटो खुलाइदिएको समेत उल्लेख गरेकी छन्। ‘मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोस्। आई क्विट, मैले पार्टी छोडेँ,‘ उनले लेखेकी छन्। सुमनाले अन्य ठूला पार्टीका नेताहरूलाई समेत आफूलाई आत्ममन्थन गर्न आग्रह गरेकी छन्।

कांग्रेस, एमाले लगायतका दलका तेस्रो पुस्ताका नेताहरूलाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘आजको परिस्थिति आउन तपाईंहरूको नेतृत्वको व्यहोराले हो। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।‘ श्रेष्ठको पार्टी परित्यागसँगै रास्वपाभित्रको असन्तुष्टि छताछुल्ल भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन…

काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

Techie IT