Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररामेश आचार्य नेतृत्वको जेन–जी समूहको बेग्लै पत्रकार सम्मेलन, सुदन गुरुङप्रति कडा टिप्पणी

रामेश आचार्य नेतृत्वको जेन–जी समूहको बेग्लै पत्रकार सम्मेलन, सुदन गुरुङप्रति कडा टिप्पणी


काठमाडौं । रामेश आचार्य नेतृत्वको जेन जी समूहले रिपोर्टस क्लबमा बेग्लै पत्रकार सम्मेलन गर्दै संसद विघटन नगरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग राखेको छ ।

‘हामी नेपाल’ समूहका युवाहरुले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने र संसद विघटन गर्नुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरिरहँदा आचार्य नेतृत्वको समूहले भने कुनै पनि हालतमा संसद विघटन गर्न नहुने अडान अघि सारेको हो ।

संसदबाट संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै विघटनले झन् ठूलो संकट निम्त्याउने उनीहरुको धारणा छ । उता संसद विघटनको अडान राख्दै आएको हामी समूहका सुदन गुरुङलाई शीतल निवासमा बोलाइएको बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT