Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ


काठमाडौं । उज्यालो नेपालका प्रस्तावक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्।

कुलमानले जेन-जी आन्दोलनपछि त्यसकै जगमा बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको बताएका हुन्।

उनले भने, “अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन म पनि तयार हो।” उनले आवश्यकताअनुसार छलफल हुनुपर्ने र सहकार्यमार्फत अगाडि बढ्नुपर्ने बताएका छन्।

अहिलेसम्म बालेन शाह, सुशीला कार्की, हर्क साम्पाङ र सागर ढकालको नाम चर्चामा आएको छ। जसमा शाह नेतृत्व लिनका लागि अनिच्छुक देखिएका छन्, जेन-जी प्रतिनिधिहरूका अनुसार उनले सम्पर्कमा आउन चाहेका छैनन्।

कार्की नेतृत्वका लागि तयार छिन् तर, पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिले संवैधानिक रूपमा मन्त्रिपरिषद्को नेतृत्व लिन नहुने भनिएको छ। साम्पाङ र ढकाललाई भने जेन-जीहरूले विश्वास गर्न गरिसकेका छैनन्। तर, उनीहरूले भने आफूहरू नेतृत्व लिन तयार रहेको बताएका छन्।

यही पृष्ठभूमिमा कुलमानले आफूलाई पनि मन्त्रिपरिषद् नेतृत्वको ‘रेस’मा मिसाएका हुन्। अब जेन-जी प्रतिनिधि र नेपाली सेनाका बीचमा वार्ता हुँदैछ। त्यसबाट अन्तरिम सरकार गठन हुनेछ।

केपी ओली नेतृत्वको सरकारले दुईदिने जेन-जी आन्दोलनको अगाडि घुँडा टेकिसकेको छ। आन्दोलन चर्किएसँगै प्रधानमन्त्री ओलीसहित प्रमुख दलका नेताहरू भूमिगत भएका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT