Techie IT
Wednesday, November 5, 2025 | बुधबार, कात्तिक १९, २०८२
२०८२ कात्तिक १९, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रजेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

अदालत र सरकारीको वकिलको कार्यालयदेखि कान्तिपुर र राम नारायण बिडारीसमेत निसानामा


काठमाडौं । आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले पनि रास्वपाको नियतमाथि प्रश्न उठाएको छ ।

जेन जी आन्दोलनलाई धमिल्याएर रास्वपाले माछा मार्न खोजेको भनेर पनि चर्को टिप्पणी भइरहेको छ । कतिपय जेन जी अभियन्ताले रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छुटाउनु आफूहरुको उद्देश्य नभएको प्रतिक्रिया दिएका छन् ।

रास्वपाको मुद्दा चलिरहेको सर्वोच्च अदालत, मुद्दा चलाउने सरकारी वकिलको कार्यालय, रुपन्देहीको जिल्ला अदालत र बुटवलको उच्च अदालतमा प्रदर्शनकारीले आगो लगाएका छन् । यसरी छानीछानी रविविरुद्ध मुद्दा चलेका वा चलाइएका ठाउँमा आगो लाग्नुलाई पनि कतिपयले रहस्यका रुपमा हेरेका छन् । त्यतिमात्रै होइन, रविविरुद्ध आवाज निकाल्नेहरु पनि कोही बाँकी बसेनन् ।

रविविरुद्ध समाचार लेखको आरोप लगेको कान्तिपुर दैनिक पनि प्रदर्शनकारीको निसानामा पर्यो । कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिक मात्रै होइन, कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको निजी निवाससँगै उनको छोरा–बुहारी बस्ने घरलाई पनि प्रदर्शनकारीले जलाइदिए । त्यस्तै प्रायः रविविरुद्ध अभिव्यक्ति दिने अभिवक्ता रामनारायण बिडारीको घरमा पनि उनीहरुले आगो झोसिदिए ।

यसरी हेर्दा जेन जीको आन्दोलनमा रास्वपाले आफ्नो स्वार्थको रोटी सेकेको बुझ्न कठिन छैन । जेन जीलाई आफ्नो कार्यकर्ता ठानेर दुरुपयोग गर्ने अर्का व्यक्ति हुन्– रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की । भीडलाई उत्तेजित पार्ने, रवि लामिछानेलाई जेलबाट छुटाउन भीडलाई नख्खुतिर लैजानेमा कार्कीको हात महत्वपूर्ण छ ।

त्यतिमात्रै होइन, राविलाई जेलमुक्त हुनका लागि कारागारले दिएको भनिएको पत्र पनि शंकास्पद देखिएको छ । पत्रमा लेखिएको मिति केरेर अर्को लेखिएको प्रष्ट देखिन्छ । जेन जी आन्दोलनलाई रास्वपाले मात्रै होइन, राप्रपादेखि माओवादीसम्मले आफूअनुकुल प्रयोग गर्न खोजेको देखिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा…

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण

थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा…

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक

सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना

विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् ।

Techie IT