Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनका दाहिने हात भनिने शैलेन्द्र झाले पनि देश छाडे

बालेनका दाहिने हात भनिने शैलेन्द्र झाले पनि देश छाडे


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को दाहिने हात भनेर चिनिने शहरी योजना आयोगका विज्ञ सदस्य शैलेन्द्र झा राजीनामा दिएर अमेरिका उडेका छन् । गत आइतबार साँझ अमेरीका गएका उनले ‘द हर्बट एच हम्फ्रे फेलोसिप प्रोग्राम’ अन्तर्गत १० महिनाको पूर्ण छात्रवृत्ति पाएको स्रोतले बताएको छ ।

गत शुक्रबार उनले महानगरमा एउटा बैठक राखे र अरु कर्मचारीलाई राम्रोसंग काम गर्न सुझाव दिदै आफुभने अमेरीका उँडे । झाले केही समयअगावै राजीनामा दिएका थिए् र उनको राजीना पनि स्वकृत भइसकेको पाईएको छ । बालेनको कोर टिममा रहेका झा विवादित पात्र पनि हुन् । शहरी योजना आयोगको विज्ञ भए पनि उनि शिक्षा विभागका गतिविधिमा बढी चासो राख्थें ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाका नाममा ठूलो रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । बेरोजगार युवायुवतीलाई सीप सिकाएर कुनै रोजगारीमा आबद्ध गराउने भन्दै महानगरले यसवर्ष पनि सीप मेला आयोजना ग¥यो । गत वर्षको जेठ ७ गतेदेखि टुँडिखेलमा भएको सीप मेलाबाट ३५ सय बढीले सिप सिकेको महानगरको दावी छ ।

तर, तिनीहरूले त्यहाँ सिकेर के–के गरे ? कहाँ रोजगारी गरिरहेका छन् रु कतिले आफ्नै व्यवसाय थाले रु यसको जवाफ महानगरसंग छैन । सीप सिकाउने भन्दै महानगरबासीले तिरेको करको दुरूपयोग गर्ने क्रम चलिरहेको छ । सीप मेलाको लागि गत वर्ष १० करोड विनियोजन गरिएको थियो । सो मेलाको हर्ताकर्ता झा नै हुन् ।

त्यहाँ कसरी खर्च गरियो रु कुन–कुन शीर्षकमा कति खर्च भयो रु कुनै लेखाजोखा नै छैन । करोडौं काम कोटेशनमार्फत दिएको भन्दै त्यतिबेलै चर्को विरोधसमेत भएको थियो । त्यो कार्यक्रम गर्दा उनको अमेरिकी राजदूतलगायतसँग राम्रो चिनजान भएकै कारणले उनले फुल स्कलरसिपमा अमेरिका जाने मौका पाएको भन्ने धेरैको आंकलन छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT