Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनका दाहिने हात भनिने शैलेन्द्र झाले पनि देश छाडे

बालेनका दाहिने हात भनिने शैलेन्द्र झाले पनि देश छाडे


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को दाहिने हात भनेर चिनिने शहरी योजना आयोगका विज्ञ सदस्य शैलेन्द्र झा राजीनामा दिएर अमेरिका उडेका छन् । गत आइतबार साँझ अमेरीका गएका उनले ‘द हर्बट एच हम्फ्रे फेलोसिप प्रोग्राम’ अन्तर्गत १० महिनाको पूर्ण छात्रवृत्ति पाएको स्रोतले बताएको छ ।

गत शुक्रबार उनले महानगरमा एउटा बैठक राखे र अरु कर्मचारीलाई राम्रोसंग काम गर्न सुझाव दिदै आफुभने अमेरीका उँडे । झाले केही समयअगावै राजीनामा दिएका थिए् र उनको राजीना पनि स्वकृत भइसकेको पाईएको छ । बालेनको कोर टिममा रहेका झा विवादित पात्र पनि हुन् । शहरी योजना आयोगको विज्ञ भए पनि उनि शिक्षा विभागका गतिविधिमा बढी चासो राख्थें ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाका नाममा ठूलो रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । बेरोजगार युवायुवतीलाई सीप सिकाएर कुनै रोजगारीमा आबद्ध गराउने भन्दै महानगरले यसवर्ष पनि सीप मेला आयोजना ग¥यो । गत वर्षको जेठ ७ गतेदेखि टुँडिखेलमा भएको सीप मेलाबाट ३५ सय बढीले सिप सिकेको महानगरको दावी छ ।

तर, तिनीहरूले त्यहाँ सिकेर के–के गरे ? कहाँ रोजगारी गरिरहेका छन् रु कतिले आफ्नै व्यवसाय थाले रु यसको जवाफ महानगरसंग छैन । सीप सिकाउने भन्दै महानगरबासीले तिरेको करको दुरूपयोग गर्ने क्रम चलिरहेको छ । सीप मेलाको लागि गत वर्ष १० करोड विनियोजन गरिएको थियो । सो मेलाको हर्ताकर्ता झा नै हुन् ।

त्यहाँ कसरी खर्च गरियो रु कुन–कुन शीर्षकमा कति खर्च भयो रु कुनै लेखाजोखा नै छैन । करोडौं काम कोटेशनमार्फत दिएको भन्दै त्यतिबेलै चर्को विरोधसमेत भएको थियो । त्यो कार्यक्रम गर्दा उनको अमेरिकी राजदूतलगायतसँग राम्रो चिनजान भएकै कारणले उनले फुल स्कलरसिपमा अमेरिका जाने मौका पाएको भन्ने धेरैको आंकलन छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

Techie IT