Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअन्तर्राष्ट्रिय अदालतमा दर्तै हुँदैन रविको मुद्दा

अन्तर्राष्ट्रिय अदालतमा दर्तै हुँदैन रविको मुद्दा

नागरिकको भावनासँग अनेक हतकण्डा अपनाउँदै रास्वपा


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका लागि श्रीमती निकिता पौडेलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने बताएकी छिन् । र, यो विषयले धेरैको ध्यान खिचेको छ । तर, रविको न्यायका लागि भन्दै अन्र्राष्ट्रिय अदालतमा मुद्दा हाल्नै मिल्दैन । बुझिएअनुसार अन्तर्राष्ट्रिय अदालतको अधिकारक्षेत्र र नियमभित्र लामिछानेको जस्तो व्यक्तिगत वा राष्ट्रिय राजनीतिक विवाद त्यहाँ दर्ता गर्न मिल्दैन ।

अन्तर्राष्ट्रिय अदालतमा केवल राष्ट्रविरुद्ध वा राष्ट्रको मुद्दा मात्र दर्ता हुन्छ । व्यक्तिगत, राजनीतिक दल वा नागरिकको तर्फबाट मुद्दा हाल्न मिल्दैन । नेपाल जस्तो सार्वभौम राष्ट्रले मात्र अर्को राष्ट्रविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न सक्छ, त्यो पनि दुवैले अदालतको अधिकारक्षेत्र स्वीकार गरेपछि मात्रै ।

रवि लामिछानेसम्बन्धी मुद्दा नेपालको आन्तरिक कानुनी– न्यायिक प्रणालीको विषय हो । त्यसैले पनि त्यहाँ मुद्दा हाल्न मिल्दैन । अन्तर्राष्ट्रिय अदालतले कुनै देशको आन्तरिक न्यायिक प्रक्रिया वा राजनीतिक विवादमा हस्तक्षेप पनि गर्दैन । अन्तर्राष्ट्रिय सन्धि वा राष्ट्रबीचको विवादसँग प्रत्यक्ष सम्बन्धित भएको विषय छ भने चाहिँ अन्तर्राष्ट्रिय अदालतले हेर्ने अभ्यास छ ।

तर, मानवअधिकार उल्लङ्घन भएको दाबी छ भने संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति वा क्षेत्रीय मानवअधिकार अदालत जस्ता निकायमा उजुरी दिन सकिन्छ । यद्यपि, नेपालमा क्षेत्रीय अदालत छैन । समग्रमा भन्नुपर्दा रवि लामिछानेको व्यक्तिगत वा राजनीतिक विवादसम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय अदालतमा दर्ता हुने सम्भावना शून्य छ ।

अझ लामिछानेको मुद्दा त सहकारी ठगीसँगै संगठित अपराधसँग सम्बन्धित छ । राज्यले नै चलाएको यो मुद्दामा देशको एउटा मात्रै होइन, विभिन्न तहका अदालतले कसूरदार नभएको भन्न सकेका छैनन् । अहिले नेपालमा एउटा व्यक्तिबाहेक सबै गलत भन्ने भाष्य स्थापित गराइँदैछ । जुन एकदमै गलत हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT