Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअन्तर्राष्ट्रिय अदालतमा दर्तै हुँदैन रविको मुद्दा

अन्तर्राष्ट्रिय अदालतमा दर्तै हुँदैन रविको मुद्दा

नागरिकको भावनासँग अनेक हतकण्डा अपनाउँदै रास्वपा


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका लागि श्रीमती निकिता पौडेलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने बताएकी छिन् । र, यो विषयले धेरैको ध्यान खिचेको छ । तर, रविको न्यायका लागि भन्दै अन्र्राष्ट्रिय अदालतमा मुद्दा हाल्नै मिल्दैन । बुझिएअनुसार अन्तर्राष्ट्रिय अदालतको अधिकारक्षेत्र र नियमभित्र लामिछानेको जस्तो व्यक्तिगत वा राष्ट्रिय राजनीतिक विवाद त्यहाँ दर्ता गर्न मिल्दैन ।

अन्तर्राष्ट्रिय अदालतमा केवल राष्ट्रविरुद्ध वा राष्ट्रको मुद्दा मात्र दर्ता हुन्छ । व्यक्तिगत, राजनीतिक दल वा नागरिकको तर्फबाट मुद्दा हाल्न मिल्दैन । नेपाल जस्तो सार्वभौम राष्ट्रले मात्र अर्को राष्ट्रविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न सक्छ, त्यो पनि दुवैले अदालतको अधिकारक्षेत्र स्वीकार गरेपछि मात्रै ।

रवि लामिछानेसम्बन्धी मुद्दा नेपालको आन्तरिक कानुनी– न्यायिक प्रणालीको विषय हो । त्यसैले पनि त्यहाँ मुद्दा हाल्न मिल्दैन । अन्तर्राष्ट्रिय अदालतले कुनै देशको आन्तरिक न्यायिक प्रक्रिया वा राजनीतिक विवादमा हस्तक्षेप पनि गर्दैन । अन्तर्राष्ट्रिय सन्धि वा राष्ट्रबीचको विवादसँग प्रत्यक्ष सम्बन्धित भएको विषय छ भने चाहिँ अन्तर्राष्ट्रिय अदालतले हेर्ने अभ्यास छ ।

तर, मानवअधिकार उल्लङ्घन भएको दाबी छ भने संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति वा क्षेत्रीय मानवअधिकार अदालत जस्ता निकायमा उजुरी दिन सकिन्छ । यद्यपि, नेपालमा क्षेत्रीय अदालत छैन । समग्रमा भन्नुपर्दा रवि लामिछानेको व्यक्तिगत वा राजनीतिक विवादसम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय अदालतमा दर्ता हुने सम्भावना शून्य छ ।

अझ लामिछानेको मुद्दा त सहकारी ठगीसँगै संगठित अपराधसँग सम्बन्धित छ । राज्यले नै चलाएको यो मुद्दामा देशको एउटा मात्रै होइन, विभिन्न तहका अदालतले कसूरदार नभएको भन्न सकेका छैनन् । अहिले नेपालमा एउटा व्यक्तिबाहेक सबै गलत भन्ने भाष्य स्थापित गराइँदैछ । जुन एकदमै गलत हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT