Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकारागारमा रहेका ६ जना पूर्वविशिष्ट पदाधिकारीले पाइरहेका छन् समान सेवा–सुविधा, तर रवि मात्रै किन ?

कारागारमा रहेका ६ जना पूर्वविशिष्ट पदाधिकारीले पाइरहेका छन् समान सेवा–सुविधा, तर रवि मात्रै किन ?


काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार बसाइबारे अहिले अनेक बहस भइरहेको छ । अहिले खासगरी रविलाई कारागारमा एसीको सुविधा भए,नभएको विषयले सबैभन्दा धेरै चर्चा पाइरहेको छ ।

रविलाई कारागारभित्र कस्तो सुविधा दिइएको छ भनेर सोमबार राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही पुगेर कारागारको अवलोकनसमेत गरेको थियो । त्यसपछि यो विषयले झन् चर्चा पाएको हो । रास्वपा कार्यकर्ताले सभापति लामिछानेमाथि विभेद भयो भनेर गरेको दाबी गलत रहेको कारागार व्यवस्थापन विभागको तथ्यले नै देखाएको छ ।

अहिले देशभरका कारागारमा रविसहित ६ जना पूर्वविशिष्ट पदाधिकारी छन् । लामिछानेका अलावा पूर्वउपप्रधान मन्त्री एवं वहालवाला सांसद टोपबहादुर रायमाझी, पूर्वप्रदेश प्रमुख राजेश अहिराज कारागारमा छन् । यस्तै, गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे, पूर्वमन्त्री सञ्जय शाह ‘टकला’ र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि अहिले कारागारमा छन् ।

कारागार व्यवस्थापन विभागले सबैको लागि समान सुविधा दिने गरेको छ । कारागारमा थुनामा रहेका कैदी र थुनुवाले दैनिक ७ सय ग्राम चामल र ८० रूपैयाँ नगद सिदा पाउने गरेका छन् । जाडो र गर्मीका लागि एक–एक जोरगरी वर्षमा २ जोर कपडा र वर्षमा एकजोर ओढ्ने–ओच्छाउने कपडासमेत सरकारले उपलब्ध गराउने गरेको छ ।

कारागारभित्र कहाँ र कुन कोठामा बस्ने भन्ने कुरा सम्बन्धित कारागार प्रशासनले निर्धारण गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन् । यस्तै, कारागारमा रहेको सबै बन्दीहरूको मानव अधिकार संरक्षणका लागि गुनासो संकलन गर्न र सम्भव भएसम्म समाधान गर्न देशभरका सबै कारागार प्रशासकहरूलाई सामूहिक निर्देशन गर्ने गरिएको गृहमन्त्रालयले बताएको छ ।

कारागारमा रहेका पूर्वविशिष्ट व्यक्तिलाई कानूनमा व्यवस्था भएका सुविधामा रोक लगाउन वा कानूनमा नभएका सुविधा उपलब्ध गराउन मन्त्रालय तथा विभागबाट मौखिक वा लिखित रूपमा परिपत्र वा निर्देशन नभएको बताइएको छ । भैरहवा कारागारमा रहेका लामिछानेको कोठामा एसी जडान गरिएकोबारे विवाद भइरहेको छ ।

रविका शुभेक्षुक र रास्वपा समर्थकले नै निजी खर्चमा कारागारमा एसी जडान गरेको र मिडियामा समाचार आएपछि अनधिकृत ढंगले जडान गरिएको एसी निकालिएको भन्ने विषय बाहिर आएको छ । कानूनमा नभएको सुविधा उपलब्ध गराउनेबारे लिखित वा मौखिक कुनै निर्देशन नभएको गृह मन्त्रालयले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT