Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेले प्रष्ट भाषामा स्वीकारे गल्ती

रवि लामिछानेले प्रष्ट भाषामा स्वीकारे गल्ती

भने– पदीय जिम्मेवारीका कारण बिगो बापतको रकम तिर्छु, मलाई छुटाइदिनुस्


काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता रहेको स्वीकारेका छन् । उनले पदीय जिम्मेवारीका कारण आफ्नो भागमा पर्ने बिगो तिर्न तयार रहेको पनि बताएका छन् ।

उनले अदालतमा दिएको निवेदनको १३ नम्बर बुँदामा भनेका छन्– पदीय जिम्मेवारीका कारण बिगोवापत २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको छु । उनले यसो भन्नुको अर्थ प्रष्टसँग गल्ती स्वीकार्नु हो । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सुनुवाइपूर्वनै अदालतमा जमानत बुझाएका हुन् ।

अदालतका अनुसार रविका लागि तीन जनाले प्रभु बैंकको जमानत दिएका छन् । शंकरप्रसाद श्रेष्ठले एक करोड ५० लाख, रामानन्द घिमिरेले ९४ लाख ८४ हजार र मनोहर प्रधानले ३० लाख रूपैयाँ बराबरको बैंक जमानत दिएका हुन् । रविले बचत फिर्ता गर्न सरोकारवालाहरूको समन्वयमा छिटोभन्दा छिटो कार्यान्वयन प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् ।

आफू कालकोठरीभित्र थुनिएर जनताका पीडा, अधिकार र न्यायका लागि क्रियाशील हुन असम्भव भएको दाबीसमेत लामिछानेले गरेका छन् । सुप्रिम सहकारीका बचतकर्ताको न्यायको लागि आफ्नो हकमा मागदाबी गरिएको बिगो बुझाएकाले सहकारी ठगी मुद्दामा छुटकारा पाउनुपर्ने उनको माग छ ।

पीडितलाई सहकारीको रकम फिर्ताको प्रक्रिया आफूबाटै सुरु हुनुपर्ने उनको जिकिर छ । रविले सहकारी ऐन, २०७४ मा पहिलो संशोधनले थप गरेको मिलापत्रसम्बन्धी व्यवस्था पनि निवेदनमा स्मरण गराएका छन् । यी आधारमा सहकारी ठगीको मुद्दाबाट छुटकारा पाउन र संगठित अपराधसम्बन्धी कसुरमा साधारण तारिखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउने गरी आदेश गर्न माग गरेका छन् ।

उनले रुपन्देही जिल्ला अदालतमा साउन १९ गते निवेदन दिएका थिए । त्यसै दिन अदालतले मुद्दाका पक्षहरूलाई सूचना दिन आदेश भइसकेको छ। २० र २१ गते निरन्तर पेसी चढे पनि लामिछाने पक्षले नै सुनुवाइ स्थगित गराएको थियो । र, सोमबारका लागि पेशी तोकिएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई यसअघि जिल्ला अदालत रूपन्देहीले २०८१ माघ १३ गते एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेश आएकै दिन उनी धरौटी बुझाएर रिहा भएका थिए । तर उक्त आदेशविरुद्ध सरकार रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत गएको थियो ।

यस्तै रवि पनि धरौटी रकम बढी भएको भन्दै आफूलाई साधारण तारेखमा राखेर पुर्पक्षको अवसर दिनुपर्ने माग लिएर उच्चमा पुगे । त्यसपछि २०८१ चैत २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै रविलाई थुनामा पठाइदिएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT