Techie IT
Sunday, June 7, 2026 | आईतबार, जेठ २४, २०८३
२०८३ जेठ २४, आईतबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्र‘प्रवासीको देश हुन्न’

‘प्रवासीको देश हुन्न’


काठमाडौं । बेल्जियम निवासीआख्यानकार पंचम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् ।

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’

त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए ।

‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको छ ।’

त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ ।’

यसअघि लेखकको ‘पथिक प्रवासन’ ९२०६७० प्रकाशित छ । प्रवासीको देश हुन्न संग्रहमा १४ वटा कथा समावेश छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

बेल्जियममा सक्रिय पूर्वसन्चारकर्मी अधिकारीले देश छाडेपछिको भोगाईहरुलाई कथाको विषय बनाएको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT