Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविले माग्दै नमागिएको धरौटी बुझाउनुभित्र लुकेको रहस्य खोज्दै सरकारी वकिल 

रविले माग्दै नमागिएको धरौटी बुझाउनुभित्र लुकेको रहस्य खोज्दै सरकारी वकिल 

गल्ती स्वीकारेको अर्थमा व्यख्या गर्दै कानूनविदहरु, अब के होला ?


काठमाडौं । सामान्यतया अदालतले निश्चित रकम धरौटी बुझाएर थुनामुक्त हुन आदेश दिएपछि अभियुक्तले धरौटी रकम बुझाउँछन् र थुनामुक्त हुन्छन् । तर, अहिले एउटा चर्चित प्रकरणमा त्यसको ठ्याक्कै उल्टो भएको छ ।

अदालतले धरौटी रकमै नतोकी एक अभियुक्तले अदालतलाई धरौटीबापतको रकम डिपोजिट गराएका छन् । यसरी अदालतले माग्दै नमागी धरौटी बुझाउने चर्चित अभियुक्त हुन्– रास्वपा सभापति रवि लामिछाने ।

लामिछानेले यसरी अदालतले माग्दै नमागेको धरौटी बुझाउनुलाई धेरैले रहस्यका रुपमा लिएका छन् । यसरी पहिल्यै धरौटी बुझाउनुले रविले गल्ती गरेको स्वीकारेको रुपमा हेर्नेहरु पनि धेरै छन् । कारण जे–जे भए पनि रविले यसरी पहिल्यै अनुमानित धरौटी बुझाएको घटना रोचक छ ।

यो मात्रै होइन, उच्च र सर्वोच्च अदालतले दिएको आदेश उल्ट्याउन जिल्ला अदालतमा मुद्दा दर्ता गर्नु पनि रोचक घटना हो । लामिछानेले सूप्रीम सहकारीको ५५ करोड ५९ लाख रुपैयाँ बचत अपचलन भएको स्वीकार्दै प्रतिवादी बनाइएका २२ जनालाई उक्त रकम भाग लगाउँदा आफ्नो भागमा पर्ने रकम तिर्न तयार भएको सन्देश दिँदै उक्त रकम डिपोजिट गरेका हुन् ।

अदालतका अनुसार लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ ब्याङ्क ग्यारेन्टी पेस गरेका हुन् । उनले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७१ अन्तर्गत बिगोबराबरको जमानत राखेर आफूलाई रिहाइ गर्न निवेदन दिएका हुन् । यससँगै अब रवि लामिछाने थुनामुक्त हुने सम्भावना कति छ त ? भन्नेबारे धेरैको चासो छ ।

२०७५ भदौ १ बाट लागु भएको पछिल्लो फौजदारी कार्यविधि संहिताले पुर्पक्षमा थुनामा रहेका व्यक्तिलाई बिगोबराबरको धरौटी जम्मा गरेपछि तारेखमा छोड्ने सुविधा दिएको छ ।

र, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६८ मा गम्भीर प्रकृतिका कसुरमा संलग्न भएका बाहेकका अभियुक्तलाई अभियोग प्रमाणित हुने अवस्थामा पनि अदालतले धरौटी लिएर तारेखमा छोड्न सक्ने सुविधा दिएको छ । यसअर्थमा रवि थुनामुक्त हुने सम्भावना चाहिँ बढेको छ ।

लामिछानेविरुद्ध रूपन्देहीसहित काठमाण्डू, चितवन र पोखरामा फरकफरक सहकारीको बचत अपचलनमा संलग्न भएको अभियोगका मुद्दा विचाराधीन छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT