Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविले माग्दै नमागिएको धरौटी बुझाउनुभित्र लुकेको रहस्य खोज्दै सरकारी वकिल 

रविले माग्दै नमागिएको धरौटी बुझाउनुभित्र लुकेको रहस्य खोज्दै सरकारी वकिल 

गल्ती स्वीकारेको अर्थमा व्यख्या गर्दै कानूनविदहरु, अब के होला ?


काठमाडौं । सामान्यतया अदालतले निश्चित रकम धरौटी बुझाएर थुनामुक्त हुन आदेश दिएपछि अभियुक्तले धरौटी रकम बुझाउँछन् र थुनामुक्त हुन्छन् । तर, अहिले एउटा चर्चित प्रकरणमा त्यसको ठ्याक्कै उल्टो भएको छ ।

अदालतले धरौटी रकमै नतोकी एक अभियुक्तले अदालतलाई धरौटीबापतको रकम डिपोजिट गराएका छन् । यसरी अदालतले माग्दै नमागी धरौटी बुझाउने चर्चित अभियुक्त हुन्– रास्वपा सभापति रवि लामिछाने ।

लामिछानेले यसरी अदालतले माग्दै नमागेको धरौटी बुझाउनुलाई धेरैले रहस्यका रुपमा लिएका छन् । यसरी पहिल्यै धरौटी बुझाउनुले रविले गल्ती गरेको स्वीकारेको रुपमा हेर्नेहरु पनि धेरै छन् । कारण जे–जे भए पनि रविले यसरी पहिल्यै अनुमानित धरौटी बुझाएको घटना रोचक छ ।

यो मात्रै होइन, उच्च र सर्वोच्च अदालतले दिएको आदेश उल्ट्याउन जिल्ला अदालतमा मुद्दा दर्ता गर्नु पनि रोचक घटना हो । लामिछानेले सूप्रीम सहकारीको ५५ करोड ५९ लाख रुपैयाँ बचत अपचलन भएको स्वीकार्दै प्रतिवादी बनाइएका २२ जनालाई उक्त रकम भाग लगाउँदा आफ्नो भागमा पर्ने रकम तिर्न तयार भएको सन्देश दिँदै उक्त रकम डिपोजिट गरेका हुन् ।

अदालतका अनुसार लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ ब्याङ्क ग्यारेन्टी पेस गरेका हुन् । उनले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७१ अन्तर्गत बिगोबराबरको जमानत राखेर आफूलाई रिहाइ गर्न निवेदन दिएका हुन् । यससँगै अब रवि लामिछाने थुनामुक्त हुने सम्भावना कति छ त ? भन्नेबारे धेरैको चासो छ ।

२०७५ भदौ १ बाट लागु भएको पछिल्लो फौजदारी कार्यविधि संहिताले पुर्पक्षमा थुनामा रहेका व्यक्तिलाई बिगोबराबरको धरौटी जम्मा गरेपछि तारेखमा छोड्ने सुविधा दिएको छ ।

र, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६८ मा गम्भीर प्रकृतिका कसुरमा संलग्न भएका बाहेकका अभियुक्तलाई अभियोग प्रमाणित हुने अवस्थामा पनि अदालतले धरौटी लिएर तारेखमा छोड्न सक्ने सुविधा दिएको छ । यसअर्थमा रवि थुनामुक्त हुने सम्भावना चाहिँ बढेको छ ।

लामिछानेविरुद्ध रूपन्देहीसहित काठमाण्डू, चितवन र पोखरामा फरकफरक सहकारीको बचत अपचलनमा संलग्न भएको अभियोगका मुद्दा विचाराधीन छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT