Techie IT
Wednesday, November 5, 2025 | बुधबार, कात्तिक १९, २०८२
२०८२ कात्तिक १९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररुपन्देही– ३ मा हुने उपचुनावको उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन आवेदन 

रुपन्देही– ३ मा हुने उपचुनावको उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन आवेदन 


काठमाडौं । कात्तिक १७ रुपन्देही– ३ मा हुने प्रतिनिधिसभा उपचुनावको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारको अनलाइन आवेदन माग गरेको छ । रास्वपाले विज्ञप्ति जारी गर्दै उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेबाट शुरू गर्ने जनाएको छ ।

रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम् मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम् कानुनी योग्यता पूरागरी साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त गर्न सकिने बताएको छ । पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिने रास्वपाले जनाएको छ ।

यस्तै, उपनिर्वाचनसम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरिएको छ । रास्वपाले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोटको विधि पनि बनाएको छ ।

उनले बनाएको मस्यौदालाई सचिवालय र केन्द्रीय सदस्यमा छलफल गरेर प्राप्त सुझावहरू समेटेर विधिलाई थप परिष्कृत पनि गरिएको छ । हाल बनाइएको विधि संघको उम्मेदवार चयन गर्ने प्रक्रियामा मात्रै लागू हुनेछ । उक्त विधि अनुसार उम्मेदवार छान्ने अधिकार कार्यकर्तामा बढी हुने गरी तय गरिएको छ ।

रास्वपाका अनुसार उम्मेदवार हुनका लागि अंकभार निर्धारण गरेर छनोट हुने विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको ५०, लिडरसिप एकेडेमीको नतिजाबाट २५, पोलिटिकल प्रोक्सिमिटीबाट २० र समावेशितालाई ५ प्रतिशत तोकेर उम्मेदवार छनोट गरिने भएको छ । सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोटको विधि हरसम्भव वैज्ञानिक बनाउन प्रयास गरिएको छ ।

प्रारम्भिक मतदानका लागि पनि तीन तरिकाबाट अंकभार पूरा हुने गरी विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत पूरा गर्ने क्रममा ८० प्रतिशत स्थानीय पार्टी सदस्यले मतदानलाई आधार बनाइएको छ ।

प्रारम्भिक मतदानबाट उम्मेदवार हुनेका लागि १० प्रतिशत मतभार त्यस क्षेत्रका संरचनामा रहेकाले मत दिन पाउने छन् । थप १० प्रतिशत केन्द्रीय सदस्यको मतभारलाई गणना गरिने गरी विधि बनाइएको छ ।

रास्वपाको विधान अनुसार क्षेत्रका कुल मतदाताको ०।१ प्रतिशत पार्टी सदस्य रहेको स्थानमा प्राइमरी इलेक्सन हुने व्यवस्था छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT