Techie IT
Saturday, June 13, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररुपन्देही– ३ मा हुने उपचुनावको उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन आवेदन 

रुपन्देही– ३ मा हुने उपचुनावको उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन आवेदन 


काठमाडौं । कात्तिक १७ रुपन्देही– ३ मा हुने प्रतिनिधिसभा उपचुनावको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारको अनलाइन आवेदन माग गरेको छ । रास्वपाले विज्ञप्ति जारी गर्दै उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेबाट शुरू गर्ने जनाएको छ ।

रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम् मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम् कानुनी योग्यता पूरागरी साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त गर्न सकिने बताएको छ । पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिने रास्वपाले जनाएको छ ।

यस्तै, उपनिर्वाचनसम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरिएको छ । रास्वपाले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा उम्मेदवार छनोटको विधि पनि बनाएको छ ।

उनले बनाएको मस्यौदालाई सचिवालय र केन्द्रीय सदस्यमा छलफल गरेर प्राप्त सुझावहरू समेटेर विधिलाई थप परिष्कृत पनि गरिएको छ । हाल बनाइएको विधि संघको उम्मेदवार चयन गर्ने प्रक्रियामा मात्रै लागू हुनेछ । उक्त विधि अनुसार उम्मेदवार छान्ने अधिकार कार्यकर्तामा बढी हुने गरी तय गरिएको छ ।

रास्वपाका अनुसार उम्मेदवार हुनका लागि अंकभार निर्धारण गरेर छनोट हुने विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको ५०, लिडरसिप एकेडेमीको नतिजाबाट २५, पोलिटिकल प्रोक्सिमिटीबाट २० र समावेशितालाई ५ प्रतिशत तोकेर उम्मेदवार छनोट गरिने भएको छ । सहमहामन्त्री आचार्यका अनुसार उम्मेदवार छनोटको विधि हरसम्भव वैज्ञानिक बनाउन प्रयास गरिएको छ ।

प्रारम्भिक मतदानका लागि पनि तीन तरिकाबाट अंकभार पूरा हुने गरी विधि बनाइएको छ । प्रारम्भिक निर्वाचनको मतभार ५० प्रतिशत पूरा गर्ने क्रममा ८० प्रतिशत स्थानीय पार्टी सदस्यले मतदानलाई आधार बनाइएको छ ।

प्रारम्भिक मतदानबाट उम्मेदवार हुनेका लागि १० प्रतिशत मतभार त्यस क्षेत्रका संरचनामा रहेकाले मत दिन पाउने छन् । थप १० प्रतिशत केन्द्रीय सदस्यको मतभारलाई गणना गरिने गरी विधि बनाइएको छ ।

रास्वपाको विधान अनुसार क्षेत्रका कुल मतदाताको ०।१ प्रतिशत पार्टी सदस्य रहेको स्थानमा प्राइमरी इलेक्सन हुने व्यवस्था छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT