Techie IT
Thursday, December 4, 2025 | बिहीबार, मंसीर १८, २०८२
२०८२ मंसीर १८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेका अधिकांश केन्द्रीय सदस्य ओलीकै पक्षमा

एमालेका अधिकांश केन्द्रीय सदस्य ओलीकै पक्षमा


काठमाडौं । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष केपी ओलीकै पक्षमा वकालत गरेका छन् । कतिपय केन्द्रीय सदस्यले त आगामी महाधिवेशनमा अध्यक्षका रुपमा ओलीलाई प्रस्ताव गरेर जानुपर्नेसमेत बताएका छन् ।

यसरी अधिकांश केन्द्रीय सदस्यले ओलीको पक्षमा खुलेपछि विद्या भण्डारी पक्ष रक्षात्मक बनेको छ । हो, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक एमालेको नेतृत्व लिनेगरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेको राजनीतिमा हलचल नै आएको थियो ।

विधान महाधिवेशन केन्द्रित बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ओलीको निरन्तर नेतृत्वको वकालत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा रोक्नुपर्ने धारणा राखेपछि भने वातावरण फरक बनेको छ । यस्तो आवाज केन्द्रीय सचिवालयमा भन्दा पोलिटब्युरो र त्यसभन्दा बढी केन्द्रीय कमिटीमा सुनिएको हो ।

बुझिएअनुसार सचिवालय बैठकमा विद्या भण्डारीलाई स्पेस दिनुपर्छ सँगै २ कार्यकाल र ७० वर्षे उमेर हद कायम राख्नुपर्छ भन्ने आवाज बलियो थियो । १९ सदस्यीय सचिवालयबाट ९९ सदस्यीय पोलिटब्युरोमा पुग्दा त्यो आवाज बढ्नुपर्नेमा निकै घटेको थियो । जहाँ ६,७ जनाबाहेक कसैले पनि बोलेनन् ।

अब ३ सय जनाभन्दा बढीको केन्द्रीय कमिटीमा आउँदा त उक्त आवाज कमजोर बनेर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्न सदस्यहरुबीच प्रतिस्पर्धा नै चल्न थाल्यो । अहिले बुझिएअनुसार भण्डारीका पक्षमा नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट र रघुवीर महासेठ खुलेर लागेका छन् ।

त्यसैगरी अध्यक्ष ओलीका पक्षमा उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पद्माकुमारी अर्यालहरु लागेका छन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल तटस्थ जस्तै छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँगै सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्माले प्रष्टसँग मुख खोलेका छैनन् ।

त्यस्तै भण्डारीको पक्षमा पोलिट्युवरो सदस्यहरु युवराज ज्ञवाली, कर्ण थापा, गोकुल बाास्कोटा, आनन्द पोखरेल, सीता पौडेल, पुरुषोत्तम पौडेल र अरुण नेपाल खुलेका छन् भने ओलीको पक्षमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, महेश बस्नेत र सूर्य थापालगायत छन् ।

यसरी पार्टी अध्यक्ष ओली र भण्डारीको पक्ष–विपक्षमा नेताहरु कित्ताकाट हुँदा कार्यकर्ता भने निराश भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Techie IT